कोरोनाबिरुद्धको अभियानमा जनसम्पर्क समिति जर्मनीको ५ लाख ३५ हजार सहयोग

डिसी नेपाल
१ जेठ २०७७ १८:३५

जर्मनी । कांग्रेसको प्रवास विभाग संगठन नेपाली जनसम्पर्क समिति जर्मनीले कोरोनाबिरुद्धको अभियानमा साथ दिदैं नेपालमा करिब ५ लाख ३५ हजार रुपैंया बराबरको सहयोग पठाएको छ ।

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), साबुन, स्यानिटाइजर, मास्क, पञ्जा र मजदुरहरुलाई खाना खुवाउने कार्यलगायतमा सो रकम खर्चिएको समितिका नवनियुक्त प्रवक्ता सिजन दाहालले जानकारी दिएका छन् ।

उनका अनुसारसिन्धुपाल्चोक जिल्लामा १५ थान, संखुवासभामा, बाग्लुङ, सल्यान, जाजरकोट र काठमाडौंमा १०/१० थानसहित ६५ थान पीपीई सेट हस्तान्तरण गरिएको छ ।

यसैगरी विभिन्न जिल्लामा समस्यामा रहेका मजदुहरुलाई खाना, सप्तरीको मुसहर बस्तिमा सावुन, मास्क र स्यानिटाइजर त्यस्तै सडकमा रहेका चौपायालाई खाद्यान्न वितरण लगायतका कार्यमा सहयोग गरेको हो ।

कोरोनाका कारणले समस्यामा परेकालाई सहयोग गर्नुनै अहिलेको प्राथमिकता भएको भन्दै प्रवक्ता दाहालले विशेषगरी जोखिममा रहेका मजदुर, स्वास्थ्यकर्मी र पत्रकारहरुलाई सहयोग गरिएको बताएका हुन ।

नेपाली काँग्रेस सम्बद्ध जनसम्पर्क समिति जर्मनीले आफ्ना सदस्यहरु, शुभचिन्तक र जर्मनीमा रहेका प्रवासी नेपालीहरुबाट संकलित सो रकम नेपालमा पठाएका हुन् । आगामी दिनमा पनि कोषमा रहेको रकमले सहयोग जारी राख्दै जाने र थप सहयोगीहरुसँग समन्वय गरेर भएपनि यो अभियानमा नेपाललाई सदैब साथ दिने समितिले जनाएको छ ।

यसअघि समितिले जर्मनीका विश्वविद्यालयमा अध्ययनरत केहि नेपाली विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *