दक्षिण कोरियामा सुतिरहेकै अवस्थामा अस्ताए एक नेपाली युवा

डिसी नेपाल
१ जेठ २०७७ १९:०८

काठमाडौँ । दक्षिण कोरियामा सुतिरहेकै अवस्थामा एक नेपाली युवाले संसार छाडेका छन् । रोजगार अनुमती प्रणाली (इपिएस) माफर्त दक्षिण कोरिया पुगेका स्याङजाका ३३ वर्षीय खड्का बहादुर थापाले सुतिरहेकै अवस्थामा प्राण त्याग गरेको स्याङजा समाज कोरियाका अध्यक्ष युवराज गुरूङलाई उद्दृत गर्दै एनआरएनए कोरियाका उपाध्यक्ष संजीव राईले बताए ।

थापा विगत ७ वर्षदेखि दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै रहेको एक कम्पनीमा काम गर्दै आएका थिए । उनी दोस्रो पटक कोरिया गएका थिए ।

उनी गएको मे १२ तारिख मंगलबारका दिन कम्पनीको रात्रीकालीन ड्यूटी सकाए त्यसको भोली पल्ट बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका उनी साँझको ६ बजेसम्म पनि नउठेपछि  साथमा काम गर्ने साथीहरुले हेर्न जाँदा मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनी अविवाहित रहेको बुझिएको छ । उनको मृत्युको आधिकारिक कारण अहिलेसम्म खुलेको छैन । हाल मृतक थापाको शवलाई स्थानीय प्रहरीले ख्यङ्जु नजिकै शवगृहमा राखेको छ । घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *