मलेसियामा थप ९ नेपाली सुरक्षा गार्डमा देखियो कोरोना

डिसी नेपाल
२ जेठ २०७७ १४:४४

क्वलालम्पुर । मलेसियामा थप ९ जना नेपाली सुरक्षा गार्डमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

गएको मे ७ तारिख राजधानी क्वालालम्पुर नजिकै रहेको चेरासस्थित एक सपिङ सेन्टरमा काम गर्ने ९ जना नेपाली सुरक्षा गार्डहरूलाई एकैदिन कोरोना पोजेटिभ देखिएको थियो । त्यहाँ कार्यररत रहेका अन्यलाई भने मे ८ तारिखदेखि होस्टेलमै क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा राखिएका मध्ये थप ९ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको हो ।

त्यस ठाउँमा जम्मा ७० जना नेपाली सेक्युरिटी गार्डहरु कार्यरत रहेको बताइएको छ ।

होस्टेलमा क्वारेन्टाइनमा राखिएका ६१ जना नेपाली सेक्युरिटी गार्डहरुलाई मे ११ तारिखबाट साहाआलामको एक होटेलमा क्वारेन्टाइनमा राखेर परिक्षण गरिएको थियो । उक्त परिक्षणको शुक्रबार आएको रिपोर्टमा थप ९ जनालाई संक्रामण पुष्टि भएको हो ।

गएको मे ७ तारिखमा संक्रमित भएका ९ जनामध्ये ५ जना भने शुक्रबार नै उपचारपछि डिस्चार्ज भएको सोही कम्पनीमा कार्यरत एक नेपालीले नेपाली जानकारी दिए ।

शुक्रबार ९ जना थपिएसँगै मलेसियामा कोरोना संक्रमित नेपालीको संख्या ६० पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *