कोरोना निको पार्ने एन्टिबडी बनाएको दावी गर्ने कम्पनीको शेयर मूल्यमा २४४ प्रतिशत उछाल

डिसी नेपाल
३ जेठ २०७७ १०:३२

काठमाडौं। कोरोनाभाइरस निको पार्न सक्ने एन्टिबडी बनाएको दावी गर्ने अमेरिकी कम्पनी सोरेन्टो थेराप्युटिक्सको शेयर मूल्यमा भारी उछाल आएको छ । कम्पनीले एन्टिबडी आविष्कार गरेको दावी गरेको २४ घण्टा नबित्दै कम्पनीको शेयर मूल्यमा २४४ प्रतिशत उछाल आएको बिजनेश इनसाइडरले लेखेको छ । शुक्रबार मात्र कम्पनीले आफ्नो विकास गरेको एन्टिबडी कोरोनाभाइरसविरुद्ध प्रि–क्लिनकल अध्ययनमा शत प्रतिशत सफल रहेको दावी गरेको थियो ।

अमेरिकाको क्यालिफोर्निया राज्यको सान डिएकोमा रहेको यो कम्पनीले शुक्रबार जारी गरेको वक्तव्यमा आफूले सार्स सीओभीविरुद्ध प्रतिरक्षात्मक कवचको रुपमा काम गर्ने एन्टिबडी विकास गर्ने योजनाअनुसार यो एन्टिबडी विकसित गरेको भनेको थियो । कम्पनीले नियामक निकायलाई आफूले विकास गरेको एन्टिबडीको द्रुत परीक्षणका लागि नियामक निकायलाई आग्रह गर्ने जनाएको छ ।

यदि क्लिनिकल अध्ययनमा यो सफल भएमा कम्पनीले यसको ठूलो परिमाणमा उत्पादनको लागि सरकारको सहयोग र कुनै फार्मास्युटिकल कम्पनीसँग साझेदारी गर्न पाउने अपेक्षा गरिएको जनाएको छ । कम्पनीको यो दावीसँगै यसको शेयर मूल्यमा भारी उछाल आएको छ । बिहीबार शेयर मार्केट बन्द हुँदा यो कम्पनीको मूल्य ५४९ मिलियन डलर थियो । यसले एन्टिबडी विकास गरेको दावीको समाचार आएसँगै शेयर मूल्यमा भारी उछाल आएर १.९ बिलियन डलर पुमेको छ । यो भनेको अघिल्लो दिनको मूल्यको तीन गुणाभन्दा बढी हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *