पोखरा साङ्गितिक कलाकार संघद्वारा राहत वितरण

डिसी नेपाल
४ जेठ २०७७ १६:३०

पोखरा । पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा साँगितिक कलाकार संघले राहत वितरण गरेको छ । संघले पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बैदामका ५३ घरपरिवारका लागि राहत खाद्यान्न वितरण गरेको हो । पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा गरिव तथा विपन्न परिवारका लागि राहत वितरण गरेका हौं’ पोखरा सांगितिक कलाकार संघका अध्यक्ष संगीतकार सुनिल थापाले भने । पोखरा नेपाल युके फाउण्डेशन युकेका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको सहयोगमा पोखराका २ वडामा राहत वितरण गरियो ।

संघले स्थानिय र जनप्रतिनिधीसंग सहकार्य गरि राहत पाउनुपर्ने विपन्न परिवारको पहिचान गरेर खाद्यान्न राहत वितरण गरेको जनाइएको छ । पोखरा–६ लेकसाइडका बिभिन्न क्षेत्र गरि ५३ परिवारका लागि आज राहत वितरण गरिएको थियो । जसमा जरेबर, नारेश्वर क्षेत्रमा १६ परिवार, बाराही चोक क्षेत्रमा २४ परिवार तथा सेन्टरपोइन्ट क्षेत्रमा १३ परिवारका लागि राहत वितरण गरिएको हो । नेपालको प्रमुख पर्यटकिय गन्तब्य पोखराको पर्यटकिय केन्द्र लेकसाइडका होटल तथा रेष्टुरेण्ट लकडाउन र कोरोनाका कारण पुर्णरुपमा बन्द रहेका छन् ।

रेष्टुरा र होटल बन्द भएपछि यहाँ आश्रित मजदुरहरुलाई यतिबेला संकट परेको छ । राहतले उनीहरुलाई थोरै भए पनि मल्हम लगाउन सहयोग पुग्ने संघका सदस्य गायक बिनोद बानियाले बताए । नेपाल कोरोना भाइरसको विश्वव्यापी महामारीको चपेटामा परि ५२ दिन देखि लकडाउनको अवस्था रहेको छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेहरुलाई परेको मर्कालाई मध्यनजर गर्दै राहत वितरण गरिएको अध्यक्ष थापाले बताए । खाद्यान्न राहत ३ तहमा विभाजन गरि वितरण गरिएको छ । राहतमा एक बोरा चामल, दाल, तेल, नुन, सोयाविन, मसला, तथा साबुन गरि एउटा सामान्य परिवारलाई २५ दिन गुजारा चल्ने गरि वितरण गरिएको संघका सचिव राजेन्द्र अधिकारीले जानकारी दिए ।

यस अघि संघले पोखरा नेपाल युके फाउण्डेशन, युकेको सहयोगमा पोखरा महानगरपालिका –३, नदिपुर कोपिलढुङ्गाका ५२ विपन्न परिवारका लागि राहत वितरण गरेको थियो । संघले आवश्यकता अनुसार पोखराका विभिन्न स्थानमा राहत वितरणको कार्यक्रम राखेको संघका अध्यक्ष थापाले जनाए । पोखरा युके फाउण्डेशन युकेले हरेक विपत्तीमा सहयोग गर्दै आइरहेको छ ।

संस्थाका अध्यक्ष भिम महेन्द्र गुरुङ्ग र जगत गुरुङ्गको पहलमा पोखरा साङ्गितिक कलाकार संघले राहत वितरण गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *