युरोपबाट जन्मिएको ६ मिनेट छ ?

डिसी नेपाल
४ जेठ २०७७ १७:११

लिस्वन। पोर्चुगलमा अनलाईन टेलिभिजनमार्फत् एक पृथक किसिमको कार्यक्रम सञ्चालन हुने भएको छ । देशमा जस्तो सहजै परदेशमा समय उपलव्ध नहुने र कार्य व्यस्तताका कारण परदेशमा सबैजना व्यस्त हुने भएकाले सबैसँग ६ मिनेट माग्न थालिएको हो । ६ मिनेटको समय सबैमा प्राप्त हुने भएकाले कोरोनाको समयमा यस्तो खालको कन्सेप्ट तयार पारिएको हो । एक दशक देखि पत्रकारीता क्षेत्रमा कलम चलाउदैं आएका सञ्चारकर्मी यादव देवकोटाले ६ मिनेट छ ? नामक कार्यक्रमको कन्सेप्ट तयार पारी कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।

प्रवासमा राजनीतिका कुराहरु गर्न नभ्याउने बताउदै उनले प्रवासी समयको महत्व बुझेर कार्यक्रम तयार पारिएको बताए । थोरै समयमा प्रवासमा धेरै प्रभाव पार्ने खालको यो कार्यक्रम रहेको उनको भनाई छ । नेपालमा जस्तै पूर्णकालिन पत्रकारिता गर्न प्रवासमा सम्भव नभएको हुँदा सोखका लागि गरिने पत्रकारका लागि यो कार्यक्रम प्रभावकारी हुने उनको अपेक्षा छ ।

मोफसलदेखि बाहिरी जिल्ला होस् वा देशदेखि विदेशसम्म नै किन नहोस्, सञ्चारकर्मीको मोह र ममता रत्तिभर नघट्ने र घट्न दिननहुने सञ्चारकर्मी देवकोटाको जिकिर छ । कोरोना भाइरसको समयमा तयार पारिएको कन्सेप्टले मानसिक रुपमा निम्त्याएको त्रास भन्दा पनि शारिरीक रुपमा केही आराम मिलेको उनी बताउछन् । छोटो समयमा महत्वपूर्ण र मार्गदर्शक बन्ने धेरै विषयलाई उजागर गर्ने कार्यक्रमको उद्धेश्य रहेको छ । प्रवासी नेपालीहरुको पिडा, विस्मात, समस्या र उनीहरुको दुःख पछिको सुखमा केन्द्रित भएर कार्यक्रम संचालन गरिनेछ । पत्रकार महासंघको शाखा प्रवासमा खुलेता पनि पत्रकारहरुको स्तर मापनको आधार तयार हुन नसकेको बताउँदै सञ्चारकर्मी देवकोटाले मूलधारमा पत्रकारीता गरेका राम्रा पत्रकारहरु प्रवासमा विलिन नहुन भनेर कार्यक्रम अगाडि बढाउन हौंसिएको बताए ।

मुलुकको हितमा भन्दा प्रवासमा हुने राजनीतिमा प्रवासी पत्रकारिताले स्थान जमाएको भन्दै त्यसको अन्त्यको आवाज उठाउनु आजको आवश्यकता रहेको समेत सञ्चारकर्मी देवकोटाले बताए । साप्ताहिक रुपमा प्रसारणमा आउने कार्यक्रम युरोपियन यूनियनमा सबैभन्दा बढी नेपाली बसोबास गर्ने मुलुक पोर्चुगलबाट संचालन गरिने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *