कोरोनाभाइरसः कतारमा विश्वकै सबैभन्दा कडा नियम लागू, मास्क नलगाउँदा ३ वर्ष जेल

डिसी नेपाल
५ जेठ २०७७ १३:१८

काठमाडौं। कतारले कोरोनाभाइरसका विषयमा विश्वकै सबैभन्दा कडा नियम लागू गराएको छ । आइतबारदेखि लागू भएको नियमअनुसार अब यहाँ सार्वजनिक स्थलमा मास्क नलगाएमा पनि ठूलो सजाय हुनेछ । कतारमा ४ लाखभन्दा धेरै नेपाली छन् ।

अरब न्यूजका अनुसार अब कतारमा मास्क नलगाएमा विश्वकै सबैभन्दा कडा सजाय हुनेछ । यहाँ मास्क नलगाएको अपराधमा तीन वर्षसम्मको जेल सजाय हुन सक्नेछ । यसका साथै जरिवानावापत ठूलो रकम पनि तिर्नु पर्नेछ ।

कतारमा कोरोनाभाइरस तीव्र रुपमा फैलिइरहेको छ । यहाँको संक्रमण दर विश्वमै सबैभन्दा बढी भइसकेको छ । यही बीचमा प्रशासनले नियम तोड्नेहरुलाई कडा सजायको घोषणा गरेको हो । कतारको जनसंख्या करिब २७ लाख छ । यहाँ ३० हजार भन्दा बढी संक्रमित भइसकेका छन् । यहाँ कोरोना संक्रमणका कारण १५ जनाको ज्यान गइसकेको छ ।

यहाँ अब मास्क लगाउनुपर्ने नियम तोड्नेहरुलाई २ लाख रियल (६६ लाख ५० हजार नेपाली रुपैयाँ) सम्म जरिवानाको सजाय हुनेछ । जुनसुकै कामको लागि घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउनुपर्नेछ । गाडीभित्र एक्लै रहेर गाडी चलाउँदा मात्र यसमा छुट पाइनेछ । घरबाहिर निस्किँदा मास्क नलगाउनेहरुलाई यस्तो सजायको व्यवस्था गरिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *