नेपाल बारको कोषमा वरिष्ठ अधिवक्ता पन्तद्वारा १५ लाख सहयोग

डिसी नेपाल
५ जेठ २०७७ १३:५४
12
Shares

काठमाडौं। वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले नेपाल बार एसोसिएशनले स्थापना गरेको कोषमा १५ लाख रुपैयाँ सहयोग गरेका छन्। वरिष्ठ अधिवक्ता पन्तले आफ्ना बुवाको सम्झनामा आफूले बारले स्थापना गरेको कोषमा सहयो गरेको बताए।

उनले नेपाल बार एसोसिएशन बढी भन्दा बढी राजनैतिक संगठन हुँदै गएको र यसका कारण बारले कानुन व्यवसायीको नजरमा आफ्नो आधार गुमाउँदै गएको टिप्पणीसमेत गरेका छन्। यद्यपि अहिले नेपाल बारको कुनै विकल्प नभएको पनि जनाएका छन्।

अहिलेको अवस्थामा आवश्यक परेका कानुन व्यवसायीहरुलाई सहयोग गर्नको लागि कोषको स्थापना राम्रो काम भन्दै उनले कोषलाई राजनैतिक रुपमा निर्वाचित पदाधिकारीहरुको राजनैतिक फाइदाको लागि प्रयोग नगर्ने विश्वास लिएको जनाएका छन्।

‘राजनैतिक रुपमा निर्वाचित भन्नुको कारण चुनावमा लड्नको लागि टिकट राजनैतिक दलले जारी गर्ने र स्वीकृत गर्ने गर्दछन्,’ उनले भनेका छन्, ‘यति भन्दै र यसमा विश्वास गर्दै म ५ दशकभन्दा लामो समय कानुन व्यवसायी रहनुभएका मेरा पिता स्व. सुधा नाथ पन्त (जसलाई नेपाल बार एसोसिएसनले उहाँको स्वर्गवासपछि मात्र स्थान दिएको थियो) प्रति श्रद्धाञ्जलीस्वरुप त्यो कोषका लागि १५ लाख रुपैयाँ प्रदान गर्ने प्रस्ताव गर्छु। कानुनी भ्रतृत्वलाई भगवानको कृपा रहोस्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *