जापानमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु

ज्याक खड्का
६ जेठ २०७७ १०:१७

टोकियो । जापानमा एक नेपाली युवाको सुतिरहेकै अवस्थामा ज्यान गएको छ । जापानको साईतामा केनमा पोखराका सुवेदी थरका एक ३५ वर्षीय नेपाली युवाकोआफ्नै बिछ्यौनामा सुतिरहेकै अवस्थामा ज्यान गएको हो ।

मृतक ती युवा साईतामा केनस्थित सिकि रेल स्टेशन नजिकै सुर्य नेपाली रेष्टुरेण्टमा काम गर्दै आएका थिए ।

सोमबार रातिसँगै सुतेका उनी बिहान उठ्दा अचेत अवस्थामा पाएपछि श्रीमतीले एउटै रेष्टुरेण्टमासँगै काम गर्दै आएका नेपालीलाई जानकारी गराएकी थिइन् ।

श्रीमतीका अनुसार उनमा यसअघि कुनै रोग थिएन । सोमबार सुत्ने बेलासम्म उनको स्वास्थमा कुनै किसिमको खरावी नदेखिएको उनको भनाइ छ ।

घटनाको प्रकृती हेर्दा उनको मृत्यु हृदयघातका कारण भएको अनुमान गरिएको छ । तर, आधिकारिक कारण भने पोस्टमार्टमपछि मात्रै पुष्टि हुनेछ । घटनाबारे स्थानीय प्रहरीले थप अध्ययन गरिरहेको बताइएको छ ।

उनी श्रीमतीसँगै नेपाली रेष्टुरेण्टमा काम गर्दै आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *