नेपाली झण्डा बोकेर कालापानी हिँडेका सात जना पक्राउ
काठमाडौं। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सातजना कार्यकर्ता पक्राउ परेका छन् । सरकारले सबै प्रकारका गतिविधिमा प्रतिबन्ध लगाएको पार्टीका कार्यकर्ता उनीहरुलाई दार्चुला प्रहरीले नेपाली झण्डा बोकेर दार्चुलाको नौगाड गाउँपालिकाबाट सुनसेरा सिना हुँदै कालापानी लिपुलेक अभियानमा हिँडेका समय बाटोमा पक्राउ गरेको हो।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दार्चुलामा ल्याईदैछ । पक्राउ परेको स्थानबाट खंलगा आइपुग्न अझै एकदिन लाग्नेछ । सातजना विप्लव समुहका कार्यकर्तालाई लिपुलेक जानेबाटोबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा नौगाड गाउँपालिकाका गणेश विष्ट सहित सातजना छन् । उनीहरुलाई प्रहरी चौकी दल्लेकबाट सईको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको हो ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment