यी १९ देशले सबै संक्रमितलाई निको पारेर आफ्नो देशलाई ‘ग्रिन जोन’ बनाए

डिसी नेपाल
८ जेठ २०७७ १३:३१
12
Shares

काठमाडौं। कोभिड–१९ को विश्वव्यापी महामारीबाट विश्वभर ४९ लाख बढी नागरिक संक्रमित बनेका छन् भने तीन लाख २४ हजार बढीको मृत्यु भइसकेको छ। अमेरिकामा मात्रै ९३ हजारको मृत्यु भएको छ भने १५ लाख ७० हजार संक्रमित बनेका छन् । रुसमा झण्डै तीन लाख संक्रमित छन् भने स्पेनमा दुई लाख ७८ हजार संक्रमित छन् ।

दक्षिणी छिमेकी भारतमा चीन भन्दा बढी संक्रमित देखिइसकेका छन् । भारतमा एक लाख ६ हजार बिरामी संक्रमित छन् भने ३३ सय बढीको मृत्यु भइसकेको छ। विश्वभर निको हुने संक्रमितको संख्या १९ लाख ६० हजार पुगेको छ । तर, १९ वटा देशले भने आफूलाई ग्रीनजोनमा पारिसकेका छन् । ती देशहरुमा संक्रमित शतप्रतिशत निको भएका छन्।

कम्बोडियामा १२२ जनामा संक्रमण देखिएको थियो । तर, सबै संक्रमित निको भएर घर फर्किएका छन् । ठूलो संख्यामा संक्रमित देखिएर पनि निको बनाउने देशमा कम्बोडिया पनि एक हो। फ्रेन्च पोलिनेसियामा ६०, मकाओमा ४५, इरिट्रियामा ३९, टिमोर लेस्टेमा २४, न्यू क्यालेडोनियामा १८ जनामा संक्रमण देखिएको थियो।

ती सबै संक्रमित निको भएर फर्किएका छन् । सेन्ट लुसिया १८, डोमिनिकामा १६, सेन्टकिट्स एण्ड नेभिसमा १५, फकल्याण्डमा १३, ग्रीनल्याण्डमा ११, सेशेल्समा ११, पपुवा न्यूगिनीमा ८, क्यारिवियन नेदरल्याण्ड्समा ६, सेन्ट बर्थमा ६, वेस्टर्न सहारामा ६, एन्जुइलामा ३ र सेन्ट पियरे मिकेलनमा एक जनामा संक्रमण देखिएको थियो । ती सबै बिरामी निको भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *