उपत्यका छिर्ने सबै नाका सिल गर्न गृह मन्त्रालयको निर्देशन

डिसी नेपाल
८ जेठ २०७७ १३:३६

काठमाडौं। गृहमन्त्रालयले राजधानी उपत्यका प्रवेश गर्ने सवै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्ण रुपमा सील गर्न सुरक्षा निकाय र स्थानीय तहलाई निर्देशन दिएको छ।

मन्त्रालयले काठमाडौ उपत्यकाका जनप्रतिनीधिहरुको बैठक राखेर बुधबारको मितिमा बिहीबार दिउसो सो काठमाडौ छिर्ने सबै नाका सिल गर्न निर्दैशन जारी गरेको हो।

राजधानी उपत्यकाका नगर प्रमुखहरुसँग बैठक राखेर गृह मन्त्रालयले सवै नाकाहरु सील गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ। गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले अत्यावश्यक सामग्री बाहेक अरुलाई पूर्ण रुपमा प्रवेश बन्द गरिएको छ। मन्त्रालयको सो निर्दैशनपछि स्थानीय प्रहरीले काठमाडौको सुरक्षा व्यवस्थामा कडाई गरेको छ।

‘नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौँ उपत्यकाका सबै स्थानीय तहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ–आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामूदायिक भवन र अन्य संभाव्य स्थलहरुलाई क्वारेन्टायन बस्ने व्यक्ति स्वयंमले क्वारेनटाइन खर्च भुक्तानी गर्ने गरी स्म्भावित क्वारेन्टाइन प्रयोजनका लागि लागन संकलनर अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने,’ पत्रमा भनिएको छ, ‘काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा प्रवेश गर्नुपर्ने कुनै व्यक्तिले उपत्यका प्रवेश पूर्व नै स्वयं आफनो खर्चमा उपलब्ध भएसम्म आरडीटी परीक्षण गरी सो को रिपोर्ट साथ काठमाडौँ उपतयका प्रवेश अनुमतिका लागि माग गर्ने ,’ सो निर्देशनमा उल्लेख छ।

गृहले उपत्यकाका स्थानीय तहलाई पठाएको पत्रमा स्थानीय संघसंस्था–क्लबहरुले गरिरहेको सामूहिक राहत वितरण र खाना वितरणले भिडभाड बढ्न गई जोखिम बढाएकोले उक्त कार्य स्थानीय तहसँग समन्वय नभएमा रोक्ने र समन्वय गरी स्वास्थ्य सम्वन्धी प्रोटोकल पालना गरी वितरण गर्न समेत निर्दैशन दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *