बहुमूल्य धनमाथि लुटतन्त्र, कालापानी पुग्दा धुरुधुरु रुन मन लाग्यो

आज विश्व जैविक बिबिधता दिवस। जैविक विविधताको धनी देश नेपाल। विश्वको सुन्दर जैविक विविधताको पाठशाला, प्रयोगशाला। जैविक विविधताको विचित्रको रहस्यमय खानी। विश्वको सजीव सिंगो पार्क हो नेपाल।

स्तनधारी २०७ प्रजाति, उभयचर ४३, सरिसृप १००, माछा १८५, पंक्षी ८६७, पुतली ६५३, रातमा उड्ने पुतली ३९६६, माकुरा २००, किरा ५०००, गु“रास ३० भन्दा बढी, सुनगाभा सुनाखरी ३६३, उन्यु ३८३, ढुसी १८२२, झ्याउ ४७१, फूल फुल्ने बनस्पति ६००० भन्दा बढी पाइने धनै धनको मुलुक। च्याउ, तरुल, कन्दमुल, जडिबु्टी, यार्सागुम्भा, अन्नबाली, फलपूmलको बिबिधता झन् रहस्यमय।

हरेक कुवा, धारो, खोलाको पानी पृथक स्वादको। हरेक क्षेत्र र स्थान विशेषको शक्तिबद्र्धक हावाको स्वाद फरक फरक। हावापानी, मौसम, बातावरणीय विविधता जति पढे बुझेपनि अपूर्ण । मानव जाति, रितिथिति, धर्म, संस्कृति भाषाको बिबिधता मुलुकको गहना।

शुक्लाफाँटा १२ सिङ्घेको झुण्ड, नजिक बर्दिया कृष्णसारको झुण्ड, बा“के चित्तल र रतुवा मृगको झुण्ड, चितवन लगुनाको झुण्ड, पर्सा जरायोको झुण्ड, कोशीटप्पु अर्नाको झुण्ड ।एकमात्र निकुञ्ज बर्दियामा हेरौं–कर्णाली तटीय क्षेत्र गैंडा बाघ लगुना चित्तल । खैरापुरमा कृष्णसार। बबई उपत्यका जरायो र हात्तीको बिबिधता ।हिमाल पहाडको जैविक बिबिधता उस्तै बयान गरिनसक्नु छ।

हाम्रो बंशानुगत बिबिधता उस्तै अध्ययन योग्य रहस्यमय छ। पूर्व पाटाको चियाको स्वाद मिठो। पश्चिम र दक्षिण ढलानको पृथक स्वाद। उत्तरमुख हिमालतर्फ ढलानको झन् धेरै स्वादिष्ट छ। बहुमूल्य हिरामोती सुन खानी, खनिज, तेलको उत्खनन् अध्ययन उपभोग बा“की भएको भर्जिन देश हो नेपाल।

बाँदरका हातमा नरिवल
३०५ बर्ग कि.मि.क्षेत्रफलमा फैलिएको बाघ, बाह्रसिंगा र साल फरेष्टको बिचित्र सुन्दर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पूर्णरुपमा उपेक्षित छ। बिदेशी पर्यटक परको कुरा, नेपाली पर्यटक पु-याउन सकेका छैनौं। केन्द्रको अनुगमन र नियन्त्रण बाहिरको त्यो निकुञ्जको दक्षिण सीमानामा भारतीय नागरिकको बस्तीले क्रमशःअतिक्रमण गरिरहेको छ। सीमापारिको चोरी शिकारी र तस्करीले निकुञ्जको अस्मिता बर्षेनी लुटिरहेको छ।

शिरमा ३७४ बर्ग कि.मि.को निकुञ्जभन्दा ठूलो क्षेत्रफलको सुन्दर कालापानी एरिया ६० औं बर्षदेखि अर्काको अधिनमा छ। अस्थायी बास बस्न दिएको योगीले घर खाईदिएको छ। अपिनाम्पा संरक्षण क्षेत्रको यार्सागुम्भा, जडिबुटी, कस्तुरी, घोरल, नावर, हिम चितुवा माथि ब्रम्हलुट छ । त्यसलाई हाम्रो संरक्षण क्षेत्र भन्न डराउनु र शिर निहुराउनुपर्ने अवस्था छ।

हरेक कुवा, धारो, खोलाको पानी पृथक स्वादको। हरेक क्षेत्र र स्थान विशेषको शक्तिबद्र्धक हावाको स्वाद फरक फरक। हावापानी, मौसम, बातावरणीय विविधता जति पढे बुझेपनि अपूर्ण । मानव जाति, रितिथिति, धर्म, संस्कृति भाषाको बिबिधता मुलुकको गहना।

शिर पुच्छर जोड्ने महाकाली नदी र त्यसको पवित्र पानी हामीले किस्ता किस्तामा नैतिकता, आत्मा, धर्म र राष्ट्रिय स्वाभिमान संगसंगै बेचेर छिमेकीको आर्थिक बिकास र सभ्यता उज्वल बनाइदिएका छौं । करिब सयजना नेताले करोडौं कुम्ल्याउदा सुन्दर सुदूर पश्चिम नेपाल खुँडे, बुच्चो, कुरुप, उजाड र गरिब भएको छ ।
जैविक बिबिधता लगायत ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भौगोलिक बिबिधताले भरपूर महाकालीलाई मेरो, हाम्रो भनेर ठाडो शिरका साथ गर्व गर्ने राष्ट्रिय गौरवको शिर छेदन भएको छ।

अरुको के कुरा शुक्लाफाँटा, महेन्द्रनगर, डडेलधुरा, बैतडी र दार्चुला व्यारेक सैनिक युनिफर्ममा पुग्दा भ्रष्ट र दरिद्र देश बेचुवाहरुको प्रत्यक्षदर्शी साक्षी र मुकदर्शक रक्षाकवच भनेर पंक्तिकारलाई चरम हिनताबोध भइरह्यो ३४ बर्षको सेवा अबधिभरि ।

भेष बदलेर कालापानी र सुस्ता पुग्दा राज्य नदेखेपछि पंक्तिकारलाई डाको छाडेर रुन मन लाग्यो । दर्जनौं पटक बाल्मिकी मन्दिर जा“दा देखिने गण्डक नहर र पारीपटीको सुस्ताले जो कोहीलाई बाउन्ने र पैतालाको धुलो सरह बनाउँदथ्यो । पूर्वमा कोशी मेचीको पीडा झन् दर्दनाक थियो ।हिमाली अतिक्रमण र जैविक बिबिधताको लुटतन्त्रले नेपालीको स्वतन्त्र ता र स्वाभिमानलाई धुलिसात् पारेकै छ।

जैविक बिबिधताको संरक्षणमा भिडुन्जेल पंक्तिकारले बिभिन्न अपत्यारिला र रहस्यमय राजनीतिक एवं शासकीय प्रस्ताव र माग सुनिरहनुप-यो। राजाको धार्मिक खगतो १ हजार नयाँ राजाहरुलाई चाहियो । सबैका गोजीमा मगमग बास आउने कस्तुरीको बिना चाहियो। सबैका नाडीमा हात्तीको पुच्छरका बाला चाहियो । १ हजार नवराजाहरुका अरु हजारौं डन् छोरा राजकुमारहरु र ज्वाँइडन् कुमार राजाहरुलाई पाखुराभित्र राख्न बाघका बाजु चाहियो।

छातीमा सुनको सिक्रिमा लकेट बनाएर लड्काउन बाघको दाँत चाहियो । चोरी शिकारी र काठ तस्करलाई छाडिदिने दबाब आइरह्यो । नव राजाहरुको नाम र झण्डा बोकेर यार्सागुम्भा खानीमाथि धावा र आक्रमण हुन थाल्यो। ढुंगा, गिट्टी, बालुवा, पानी, माटो, काठमाथि अधिपत्य जमाइयो र तीब्रगतिमा दोहन, बिनास, बेचबिखन शुरु गरेर प्रकृतिलाई नाङ्गो बनाइयो।

हजारौं भान्छामा सुकुटी चाहियो । पैसा नफल्ने बिश्व सम्पदा पशुपतिनाथ, बागमती, स्वयम्भुनाथ, बौद्धनाथ, लुम्बिनी, दरबारस्क्वायरहरु हेर्न नहुनेगरि जीर्ण, फोहोर र खण्डहर हुँदै गए । पशुपतिनाथको आम्दानी र अवस्था तुलना गरेर हेरे हुन्छ । नव शासक, तिनका दलाल, बिचौलिया, ठेकेदारहरु मालामाल भए।
तर ती शासकको आफू उभिएको जग राजनीति बिकृत र बदनाम भयो । शासकहरु नफरत भए । आम जनता पीडित र गरिब भए । सुरक्षा अंग मुक्दर्शक साक्षी र रक्षाकवचको रुपमा दुरुपयोग भए । समग्रमा सुन्दर धनी मुलुक खोक्रो र बुच्चे भयो।

समयको माग

महामारीले हजार माग तेर्साएको छ। आँखा कान ध्यान खोलिदिएको छ। लोभ, पाप, दरिद्रता, त्याग गर्न अह्राएको छ । प्रकृतिको दोहन, बिनास, बेचबिखनमा प्रतिबन्ध लगाउन र पवित्र सेवामा तल्लिन भएर भावी सन्ततिको धर्ती बस्न बाँच्न योग्य राखिदिन सिकाएको छ।

आफ्नो बन जंगल तस्करलाई लुटाएर अर्बौंंको काठ आयात गर्ने सरकारी नियतलाई खोटो देखाएको छ। आफ्नो लुटाउने, बिगार्ने, मास्ने, नास्ने, चोर्ने र तस्करको माल (पानी, फलफूल, तरकारी, खाद्यान्न, मासु, ढुंगा, ईंटा, काठ) समुन्द्रपारबाट आयात गर्ने खोटो नियत सच्याउन जोडदार माग गरेको छ ।

७ लाख हैन ७ करोड पर्यटक खोजेको छ मुलुकको जैविक बिबिधताको खानीले । ठमेलको भिडलाई कंचनजंघा, मकालु, साईपाल, अपिनाम्पा, खप्तड, डोल्पा, रारा, शुक्लाले ‘अतिथि देवो भवः’ गर्न गुहारिरहेको छ ।

बिर्सिएको भूमिले फिर्ताको माग राखेको छ । कोमामा गईसकेको ध्वस्त प्रकृतिले पुर्नजीवन पाएको छ । बिश्वको परिस्थितिकीय प्रणाली (ईको सिष्टम) बरबादीको नतिजा हो यो महामारी भन्ने बिज्ञहरुको भनाइलाई सम्मान गर्न जरुरी छ । यो र यस्ता धेरै प्राकृतिक महामारी नियन्त्रण गर्न प्रकृति र जैविक बिबिधताको रक्षा सम्मान गर्न नितान्त जरुरी छ ।२०४६ र ६३ को उत्साहजनक परिबर्तन नेपालको हकमा अभिसाप साबित हुँदै गएकोले कोर्स करेक्सनको माग बढेको छ।

रक्षा सुत्र

व्यक्ति गुटगत, दलगत् स्वार्थ छाडेर राष्ट्रिय सहमति, राष्ट्रिय एकता कायम गरेर राष्ट्रिय हित र राष्ट्रिय रक्षामा एक ढिक्का भएर आजका मितिबाट सच्चिएर प्रतिबद्ध भई लाग्न हामी सबैलाई लकडाउनले राखेको माग शीघ्र सुनुवाई र आत्मसात् गरौं । आफ्नो सग्लो सीमाना क्षेत्र जनसंख्याको दृढ रक्षा र हितमा ध्यान केन्द्रित, त्याग र बलिदान गरौं ।

पराई, परदेशको दलाल, बिचौलिया, एजेण्ट भएर मातृभूमिलाई धोका दिन बन्द गरौं। स्वाबलम्बी र आत्मनिर्भरताको नेपाली मौलिक बाटो अपनाउँ।मानव जातिको सीमान्तकृत बिबिधताको रक्षा सम्मान कल्याण गर्न सदियौं देखि चुकेको सरकार व्यास क्षेत्र, सुस्ता, दशगजा, चा“दनी दोधरा क्षेत्रका उपेक्षित नेपाली बंशजको घर दैलोमा भोलि नै पुगेर क्षमा याचना गरोस् र दुई हातले नागरिकता, शिक्षा स्वास्थ्य सुरक्षाका लागि पर्याप्त बजेट दिएर गर्बिलो अपनत्व दियोस् ।

प्रकृति अमैत्री सरकारलाई अन्धाधुन्ध काँध थापेर हिड्ने सुरक्षा अंगहरुले कथित पूर्व र बर्तमान भीभीआईपीहरुलाई चाकडीस्वरुप समर्पण गरेको सुरक्षाकर्मी बल बन्दुक तुरुन्त झिकेर सीमा रक्षामा लगाओस्। ६० देखि ७० प्रतिशत राजधानी र हजारौं नवराजाको सुरक्षार्थ तैनाथ फौजलाई उपेक्षित बिकट दुर्गम क्षेत्रमा तैनाथ गरोस्।

बर्तमान त्रुटीपूर्ण तैनाथी उल्ट्याएर काठमाण्डौ हलुका बनाओस् । नेपाली सेनाले नागार्जुनको सानो तर धनी प्रकृति भित्र थुपारेको सिङ्गोगणलाई हटाएर बिश्व सम्पदा चितवनको माडी ठोरीमा तैनाथ गरी प्रकृतिलाई सम्मान गरोस् । सबै सुरक्षा अंगका व्यारेक, पोष्ट, तालिमकेन्द्र, शिक्षालय, अभ्यास ईलाका, फायरिङ्ग रेन्ज, परेड ग्राउण्ड प्रायः प्रकृति र उनको बनक्षेत्र अतिक्रमण गरी बनाईएका पूर्वाधार भएकोले त्यो गुण र ऋण तिर्न ती सबै सुरक्षा निकायहरुले स्वस्फुर्त एकजुट भई मुलुक भरिको जमिन, जल, जङ्गल, जैविक बिबिधता रक्षार्थ दृढ र प्रतिबद्ध भई लाग्नु उनीहरुको कर्म र धर्म हुन आउँदछ ।

बिपदको सुरक्षा गर्न प्रकृतिको रक्षा गर्नु अनिवार्य र अपरिहार्य भएकोले सबै सुरक्षा अंगले स्थानीय प्रशासन, बन अधिकारी, निकुञ्ज प्रशासन, र स्थानीय समुदायसंग समन्वय र सहकार्य गरेर प्राकृतिक सम्पदामाथिको बर्तमान ब्रम्हलुट रोक्न स्वस्फुर्त योगदान र त्याग गर्नुपर्दछ ।

प्रकृति र बातावरण रक्षाको लागि आदेश, निर्देशन, म्याण्डेट केहि चाहिदैन । यो स्वबिबेकीय, स्वनिर्णयी, स्वतः प्राप्त सबैको प्राकृतिक हक र अधिकार हो । चौथो अंग संचार क्षेत्रको उच्च प्राथमिकता माग गरिरहेको क्षेत्र पनि हो यो ।स्थानीय समुदायको प्रकृति रक्षा सम्मानको दायित्व झन् धेरै छ ।

जैविक बिबिधताको रक्षा गर्ने काम सम्बन्धित मन्त्रालय र तिनका बिभागहरुको कर्म र नैतिक स्वधर्म हो । तिनलाई जगाउने, जवाफदेहि बनाउने र कार्य प्रगति मागेर राष्ट्रिय प्रतिबद्धता एवं दृढ संकल्प प्रदर्शन गर्ने अर्को स्वधर्म सरकार प्रमुख र राष्ट्राध्यक्षको हो ।

आजको दिवसले सरकारदेखि फिल्डस्थित फ्रण्टलाईन् स्टाफमा सुशासन, पारदर्शिता, जवाफदेहिता बढाई प्रकृति संरक्षणको पवित्र जिम्मेवारीलाई ‘शून्य क्षति, सत्प्रतिशत् सफलता’ को परिणाम निकालेर मुलुकलाई सग्लो सिङ्गो सम्बृद्ध खुशी र सुखी राख्न अभिप्रेरित गरोस्, पंक्तिकारको यहि शुभकामना छ ।

स.र.बाबुकृष्ण कार्की, अ.प्रा. पूर्व निर्देशक, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालय ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position