विमान दुर्घटनामा कम्तिमा ५७ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या अझै बढ्न सक्ने

डिसी नेपाल
९ जेठ २०७७ २२:३८

कराँची । पाकिस्तानमा शुक्रबार भएको विमान दुर्घटनामा कम्तिमा ५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। ९१ यात्रु र ८ जना चालक दलका सदस्य गरी कुल ९९ जनाको रहेको विमान शुक्रबार दुर्घटना भएको थियो।

दुर्घटना परी कम्तिमा ५७ जनाको मृत्यु भएको छ भने मृतकको संख्या अझै बढ्न सक्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको पाकिस्तानी पत्रिका ‘डन’ जनाएको छ। बिमान कराँचीको एक बस्तीमा दुर्घटना भएको थियो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । दुर्घटनामा परी निधन भएका परिवारजन तथा इष्टमित्रप्रति सहानुभूति व्यक्त गर्दै उनले घटनास्थलमा राम्रो उद्धार गर्न तथा छानविन गर्न पनि निर्देशन दिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *