अक्सफोर्डको कोरोनाभाइरस भ्याक्सिन दोस्रो चरणमा, पहिलो चरणमा भए यस्ता उपलब्धी

डिसी नेपाल
१० जेठ २०७७ ९:२२

काठमाडौं। अक्सफोर्ड विश्वविद्यालयले कोरोनाभाइरस नियन्त्रण गर्नको लागि विकास गरिरहेको भ्याक्सिनको सुरुवाती सफलताको पुष्टि गरेको छ । शुक्रबार शोधकर्ताहरुले भ्याक्सिनको पहिलो चरणको सफलता पुष्टि गर्दै मानव स्तरमा परीक्षणको दोस्रो चरणमा जान लागेको बताएका छन् । द टेलिग्राफका अनुसार युनिभर्सिटी अफ अक्सफोर्डले दोस्रो स्तरको परीक्षणको लागि १० हजारभन्दा बढी स्वयंसेवक भर्ना गर्न सुरु गरेको छ ।

भ्याक्सिनको परीक्षणको पहिलो चरण गत महिना सुरु भएको थियो । यो परीक्षणमा ५५ वर्षभन्दा कम उमेरका १ हजार स्वस्थ बयस्कहरु र स्वयंसेवकहरुमा परीक्षण गरिएको थियो । अब उनीहरुको प्रतिरोधी क्षमतामा पर्ने असरबारे अध्ययन गर्नको लागि ७० वर्षभन्दा बढी उमेरका र ५ देखि १२ वर्ष उमेरका बालबालिका समेत १० हजार २ सय जना स्वयंसेवकलाई अध्ययनको लागि नामांकित गरिनेछ ।

युनिभर्सिटीको जेनर इन्ष्टिच्युटमा भ्याक्सिनोलोजीकी प्रोफेसर सारा गिल्बर्टले भनिन् ‘कोभिड १९ भ्याक्सिन ट्रायल टिम चाडोक्स १ एनसीओभी १९ को सुरक्षा र इम्युनोजेनेसिटी र भ्याक्स्नि प्रभावकारिताको आंकलन गर्नको लागि कडा मेहनत गरिरहेको छ । हामी ५५ वर्षभन्दा अधिक उमेरका व्यक्तिहरुमा पहिलेदेखि नै धेरै रुचि राख्छौं । उनीहरु पहिलो चरणको अनुसन्धानमा भाग लिन योग्य थिएनन् । अब भने हामी भ्याक्सिनेसन जारी राख्नको लागि वृद्ध उमेर समूहका व्यक्तिहरुलाई सहभागी बनाउन सक्षम हुनेछौं ।’

चाडोक्स १ एनसीओभी १९ एक भाइरसबाट बन्छ । यो सामान्य रुघाखोकीको भाइरस (एडेनोभाइरस)को कमजोर संस्करण हो जो चिम्पान्जीमा संक्रमणको कारण बन्छ । यो भाइरस आनुवंशिक रुपले मानिसमा दोहोरिने असम्भव छ । स्वयंसेवकको यो नयाँ टिमको साथमा शोधकर्ताहरुले विभिन्न उमेरका व्यक्तिहरुमा भ्याक्सिनको प्रतिरक्षा प्रतिक्रियाको आंकलन गर्नेछन् ताकि वृद्ध र बच्चाहरुमा इम्युन सिस्टमले कति राम्रोसँग प्रतिक्रिया दिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *