भारतीय बरिष्ठ पत्रकारको नेपालको पक्षमा वकालत, एबीपी न्यूजका पत्रकारमाथि यसरी खनिए

काठमाडौं। भारतका बरिष्ठ पत्रकार तथा लेखक आनन्द स्वरुप वर्माले नेपाल भारतबीच गहिरिएको सीमा विवादका विषयमा नेपालको पक्ष लिएका छन् । उनले भारतीय टेलिभिजन च्यानल एबीपी न्यूजले अभिनेत्री मनिषा कोइरालाप्रति गरेको टिप्पणीको पनि कडा शब्दमा आलोचना गरेका छन् । वर्माले ‘मनीषा के बहाने एक देश की सम्प्रभुताको ठेंगा दिखाने वाले शासक वर्ग के पिठ्ठू पत्रकार’ शीर्षकमा एक लेख लेख्दै एबीपी न्यूजका पत्रकारको कडा आलोचना गरेका हुन् । उनको लेअको नेपाली अनुवाद यस्तो छ –

हिजोको कुरा हो ।

टिभी स्क्रिनमा मोटा अक्षरमा आउँछ ‘भारतको खान्छ्यौ, चीनको गीत गाउँछ्यौ ?’ यसपछि सुरु हुन्छ अभिनेत्री मनिषा कोइरालामाथि तीनैजना एंकरको आक्रमण, जो हरेक बिहान एबीपी न्यूजमा ‘नमस्ते भारत’ कार्यक्रम प्रस्तुत गर्छन् । सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा तथा लिपुलेकलाई आफ्नो भूभाग बताउँदै नेपालद्वारा जारी गरिएको नक्शाको सन्दर्भमा नेपाली विदेश मन्त्री व्रदीप ज्ञवालीको ट्वीटमा मनिषा कोइरालाको ट्वीट जसमा मनिषाले लेखेकी थिइन् –‘हाम्रो सानो राष्ट्रको गरिमा कायम राखेकोमा धन्यवाद । तीन महान देशहरुका बीच हामी शान्तिपूर्ण र सम्मानजनक छलफलको अपेक्षा गरिरहेका छौं ।’

बस यत्ति मात्रै । अत्यन्त शालीन भाषामा एक नागरिकको आफ्नो देशको सम्प्रभुता र आत्मसम्मानलाई रेखांकित गर्दै गरेको यो टिप्पणी ।

एंकर विकास भदौरियाले बताए कि कसरी भारतमा बसेर मनिषाले धेरै पैसा र चर्चा कमाइन् तर आज उनी भारत विरुद्ध चीनको साथमा उभिएकी छिन् । भदौरियाले भने ‘खान्छन् भारतको अनि गीत चीनको गाउँछन् ।’ यी समाचार च्यानलहरुको बौद्धिक दरिद्रता देख्दा आश्चर्य लाग्छ । के अब कहीँ कुनै पढेलेखेका सम्पादक जस्ता व्यक्तिको अस्तित्व यी च्यानलमा छैन ? के असभ्यहरुको जमातले नै अब सबथोक तय गरिरहेको छ कि के प्रसारित हुन्छ र के हुँदैन ? या हरेक च्यानलमा जो गन्तीका पढेलेखेका व्यक्तिहरु छन् उनीहरु चुप रहनको लागि अभिशप्त छन् ?

यो प्रश्नको जवाफमा मेरा एक युवा पत्रकार मित्रले बताए कि खासमा मोदी सरकार आएपछि र खास गरी जेएनयू प्रकारण पछि ‘राष्ट्रभक्त’ र राष्ट्रद्रोही’ वाला जो एक लार्जर न्यारेटिभ बन्यो त्यसमा हर खबरलाई फिट गर्ने यो मुद्दा हो । एक मापदण्ड प्राप्त भयो कि खबरहरुलाई यसरी राखेका प्रो–इस्टाबलिसमेन्ट बनिरहिन्छ । जसलाई साँच्चिकै पत्रकारिता गर्नु छ उनीहरुले च्यानलबाहेक कहीँ अन्यत्र सम्भावना खोजुन् ।

दिउँसो हुँदासम्म यो खबर बहसको रुप लिने तयारीमा लाग्यो जो कि आम रुपमा च्यानलहरुको चलन भइसकेको छ । अब खबरको बागडोर च्यानलकी सबैभन्दा समझदार र अनुभवी एंकर रोमाना इसार खानको हातमा थियो … तर रोमानाको दृष्टिकोण पनि त्यही देखियो जो बिहानको पारीमा देखिएको थियो । रोमानालाई पनि यही लागिरहेको थियो कि मनिषा कोइरालालाई भारतले सबथोक दियो तर उनी आज चीनको साथमा उभिएकी छिन् ।

एक समझदार एंकर कसरी सत्ताको दबाबमा जानी नजानी मूर्खताको दलदलमा भासिँदै जान्छ यसको शानदार उदाहरण रोमाना हुन् । रोमानाको प्रश्न थियो कि यस्तो के भयो कि ‘सत्तरी वर्षमा पहिलो पटक भारतलाई नेपालले आँखा देखाउने कोसिस गरिरहेको छ ? यो वाक्स कुनै पत्रकारको होइन बरु सानो छिमेकी देशको सम्प्रभूतालाई ‘ठेंगा’ देखाइरहेका शासक वर्गका कुनै सदस्यको हुन सक्छ ।

जेहोस् यो कार्यक्रममा दुई विशेषज्ञ थिए –भाजपाका प्रेम शंकर शुक्ला र सेनाका अवकाश प्राप्त मेजर जीडी बख्शी । दुवैलाई केही थाहा थिएन कि नक्शाको पूरा मुद्दा के हो ? तर चीन र पाकिस्तानविरुद्ध त बिना कुनै तयारी कुनै पनि बेला बोल्न सकिन्छ । दुवैले चीनको षड्यन्त्रमा प्रकाश पारे र जनरल बख्शीले यो कुराको लागि पछिल्ला सरकारहरुको आलोचना गरे कि उसले जेएनयूबाट बामपन्थहिरुलाई पठाएर नेपालमा माओवादीहरुलाई बलियो बनायो जसको परिणामा आज हामी भोगिरहेका छौं । उनले ‘यो प्लानेट अर्थको एकमात्र हिन्दू राष्ट्र’लाई बचाउन गुहार लगाउँदै आफ्नो ज्ञानको खुलासा गरे । अर्का ज्ञानी प्रेम शंकर शुक्लाले यो कुरामा जोड दिए कि नेपालका माओवादी नेता प्रचण्डलाई भारतले जेएनयुमा पाल्यो ।

प्रचण्डको कहिल्यै जेएनयूसँग कुनै सरोकार थिएन । निसन्देह, बाबुराम भट्टराईले जेएनयूबाट पिएचडी गरेका थिए । एंकर रोमानालाई लागिरहेको थियो कि यिनीहरुलाई धेरै बेर स्क्रिनमा राखिराख्नु ठिक छैन त्यसैले उनले यो भन्दै कि ‘तपाइँका आरोपहरुको जवाफ दिन कांग्रेसको कोही यहाँ छैन’, बहस समापन गरिदिइन् ।

कुनै च्यानलमा तर्कपूर्ण ढंगले यो देख्न पाइएन कि कालापानी, लपुलेक विवाद वस्तुतः के हो र दुई देशहरुमा चुक कहाँ भयो कि अवस्था यति तनावपूर्ण भए । किन समय छँदै छलफलबाट यसको हल खोजिएन ? नेपालका दुई मात्र छिमेकी छन् – भारत र चीन । के कसैले यस विषयमा चर्चा गरे कि भारतसँग साँस्कृतिक, सामाजिक, भौगोलिक निकटता हुँदाहुँदै नेपाल आज किन चीनको नजिक देखिएको छ ? यसका बावजुद यो मान्नु कि चीनको इशारामा उसले नयाँ नक्या तयार गरेको हो, मुद्दाको गहिराइसम्म जान आनाकानी गर्नु हो ।

कालापानीमा भारतले र लिपुलेकमा चीनले उसलाई डसेका छन् । यसलाई बुझ शासकहरु र उसका पिठ्ठू पत्रकारहरु । यो औपनिवेशिक मानसिकताबाट मुक्ति पाउ कि सानो राष्ट्र सानो सम्प्रभुता । सम्प्रभुता कुनै देशको भौगोलिक आकार र आर्थिक हैसियतबाट आँकलन गरिँदैन । जबसम्म यसलाई बुझ्दैनौ, छिमेकीहरुको घृणा पाइरहनेछौ र यसको दोष कहिले चीन त कहिले पाकिस्तानको टाउकोमा थोपर्दै रहनेछौ ।

Facebook Comment


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ताजा भिडियो

No ads found for this position