नेपाली सेनाका जर्नेल राणा र कर्णेल सिलवालको ‘लाइन अरेष्ट’

डिसी नेपाल
१० जेठ २०७७ ११:३४

काठमाडौं।नेपाली सेनाका सहायकरथी प्रयोगजङ्ग राणा र महासेनानी नवीन सिलवाललाई सेनाले ‘लाइन अरेष्ट’ गरेको छ। आर्थीक अनियमितता गरेको आरोपमा छानवीवनका लागि लाइन अरेष्ट गरी नेपाली सेनाको सेवा दलमा राखेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ।

नेपाली सेनाको उच्च स्रोतका अनुसार सहायक रथी राणामाथि दुई वर्षअगाडि वीरेन्द्र शान्ति तालिम केन्द्र, काभ्रेको पाँचखालमा प्रमुख हुँदा ‘प्राइभेट फण्डको रकम सदुपयोग गर्न नसकेको’, छाउनिस्थित अस्पतालमा बस्दा आर्थिक अनियमितता गरेको र युएनको जिपिओआई कोर्स संचालन गर्न आउने रकममा समेत अनियमितता गरेको अभियोगअन्तर्गत छानवीन चलिरहेको छ भने सिलवामाथि पनि वीरेन्द्र शान्ति तालिम केन्द्रमा बस्दा आर्थिक अनियमिततामा संलग्न भएकोले छानवीनका लागि लाइन अरेष्ट गरिएको हो।

शुक्रवार सेनाका महासेनानी भुपालमानसिंह अधिकारीलाई सैनिक सेवावाट बर्खास्त गर्दै जेल चलान गर्ने र अर्का प्रमुख सेनानी देवबहादुर क्षेत्रीको दुई वर्ष बढुवा रोक्का गर्ने र उनले गरेको अनियमतताको रकम समेत असुल उपर गर्ने निर्णय सैनिक अदालतले गरेको थियो।

नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउने कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलताको नीति लिएको दावी गरेको छ।

सेनाले उपरथी आननन्द अधिकारीको अध्यक्षता कोर्ट अफ इन्क्वायरी गठन गरेको छ। उक्त समितिमा सहायकरथी सहदेव खड्का समेत छन्। पाँचखाल अनियमिततामा जोडिएका अन्य १२ जना अफिसरहरुको बयान सम्पन्न भइसकेको छ भने त्यहाँका सुवेदार मेजर समेत थुनामा छन्।

सहायकरथी राणा र प्रमुख सेनानी सिल्वाललाई प्रमाण नस्ट गर्न नपाउन् भन्ने उदेश्यले उनीहरुलाई लाइन अरेष्ट गरेर बयान लिन थालिएको छ। सहायकरथी राणा सेनामा सधै आकर्षक ठाउँमा जिम्मेवारी पाउँदै आएका थिए।

उनलाई आर्थिक अनियमितता गरेको आरोप यसअघि लागेपनि सेनाका उच्च तहका अधिकारीहरु उनका आफन्त पर्ने भएकाले उनलाई अहिलेसम्म कुनै कार्वाही भएको थिएन।

राणाले शान्ति सेना, सैनिक प्रहरीको गण कमाण्ड, भक्तपुरस्थित सैनिक बिध्यालय र सैनिक अस्पताल छाउनीमा जिम्मेवारी सम्हालिसकेका छन्। राणाले यसअघि १६ बाहिनीको बाहिनीपति र छाउनीस्थित सैनिक अस्पतालको स्तरउन्नोतीको दुवै जिम्मेवारी समेत सम्हालेका थिए। सहायकरथी राणाले भारतबाट एनडिसी कोर्स गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *