कोरोना महामारीका बीच अमेरिकाले चीनलाई दियो ठूलो झट्का

डिसी नेपाल
१० जेठ २०७७ १४:४१

काठमाडौं। कोरोनाभाइरसका विषयमा जारी आरोप प्रत्यारोपका बीच अमेरिकाले चीनलाई ठूलो झट्का दिएको छ । अमेरिकाले चीनका ३३ कम्पनी तथा संस्थानहरुलाई आर्थिक कालोसूचीमा राख्ने निर्णय गरेको छ । रोयटर्सका अनुसार अमेरिकाको कमर्स डिपार्टमेन्टले शुक्रबार भनेको छ कि मानव अधिकार उल्लंघन तथा अमेरिकाको राष्ट्रिय सुरक्षालाई लिएर ३३ चिनियाँ कम्पनी र अन्य संस्थानहरुलाई कालो सूचीमा राखिएको छ ।

अमेरिकाको कमर्स डिपार्टमेन्टका अनुसार चीनमा उइगर मुस्लिमहरुको हाइटेक सर्भिलेन्स, जबरजस्ती काम गराउने र मनोमानी तरिकाले मानिसहरुलाई हिरासतमा राख्ने तथा मानवअधिकारको उल्लंघटनमा भागीदार भएका कारण ९ कम्पनीहरुमाथि प्रतिबन्ध लगाइँदैछ । अमेरिकी सरकारका अनुसार ७ व्यापारिक संस्थानले चीनलाई हाइटेक सर्भिलेन्स लागू गर्न सहयोग गरिरहेका छन् । चीनका २४ सरकारी तथा व्यापारिक संस्थानहरुलाई चिनियाँ सेनालाई मास डिस्ट्रक्सनको लागि हतियार हासिल गर्न र अन्य क्रियाकलापमा सहयोग गरेको भन्दै कालोसूचीमा राखिएको छ ।

पछिल्लो समय कोरोनाभाइरस महामारीलाई लिएर चीन र अमेरिका एक अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् । अमेरिकाले चीनमाथि कोरोनाभाइरस सम्बन्धी जानकारी लुकाएको आरोप लगाइरहेको छ । अमेरिकाले पटक पटक वुहानस्थित ल्याबबाट भाइरस फैलिएको हुन सक्ने समेत दावी गरिरहेको छ । अमेरिकाले यसको निष्पक्ष जाँचको मुद्दा समेत उठाइरहेको छ । चीनले भने यी सबै आरोपहरुलाई अस्वीकार गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *