सबैभन्दा अगाडि रहेको चिनियाँ भ्याक्सिनको १०८ जनामा गरिएको परीक्षणको नतिजा आयो

डिसी नेपाल
१० जेठ २०७७ १५:००

काठमाडौं। चीनमा विकास भइरहेको कोरोनाभाइरसको भ्याक्सिनले प्रारम्भिक परीक्षणमा निकै सकारात्मक नतिजा दिएको छ । १०८ जनामा गरिएको यो भ्याक्सिनको नतिजा निकै राम्रो आएको अनुसन्धानकर्ताहरुले बताएका छन् । ट्रायलका क्रममा यो भ्याक्सिनले कोरोनाभाइरसविरुद्ध प्रतिरोधी क्षमता विकास गरेको पाइएको छ । यो परीक्षणका विषयमा मेडिकल जर्नल द ल्यान्सेटमा रिपोर्ट प्रकाशित गरिएको छ ।

न्यूयोर्क टाइम्सको समाचार अनुसार रिसर्चरहरुले कैयौं प्रयोगशालाहरुमा यो भ्याक्सिनको अध्ययन गरेका थिए । चीनको एड फाइभ नाम दिइएको यो भ्याक्सिनलाई क्यानसिनो बायोलोजिक्सले विकास गरेको हो । यो भ्याक्स्निलाई बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अमेरिकाको मोडर्नाले विकास गरिरहेको भ्याक्स्निभन्दा अगाडि मानिएको छ । यो वर्षको सुरुदेखि नै चीनमा भ्याक्स्निको ह्युमन ट्रायल सुरु भएको थियो ।

यो भ्याक्स्निका केही सामान्य साइड इफेक्ट देखिएका छन् । शरीर दुख्ने र ज्वरो आउने साइड इफेक्ट देखिएको भए पनि यी लक्षण एक महिनाभित्र आफैं हराएर गएका थिए । भ्याक्स्निबाट कुनै गम्भीर खतरा उत्पन्न भएको देखिएको छैन । अनुसन्धानमा पाइएअनुसार भ्याक्सिन दिइएको २८ दिनपछि व्यक्तिको शरीरमा प्रतिरोधी क्षमता सबैभन्दा अधिक थियो । खोप लिनेहरुको शरीरमा भ्याक्स्नि दिइएको दुई हप्तामा एन्टिबडी विकास हुन सुरु भएको थियो र २८ औं दिनमा उत्कर्षमा पुगेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *