डिल्लीबजार कारागारमा झडपपछि दुई सदस्यीय छानवीन टोली गठन

डिसी नेपाल
११ जेठ २०७७ १३:१९

काठमाडौँ। डिल्लीबजारस्थित कारागारमा भएको झडपपछि गृहमन्त्रालयले छानवीन समिति गठन गरेको छ।

मन्त्रालयका अनुसार कारागार व्यवस्थापन विभागले डिल्लीबजार कारागारको घटना छानबिन गर्न निर्देशक वेदनिधि अधिकारी र सूचना अधिकारी देवर्षी सापकोटा सम्मिलित दुई सदस्यीय छानबिन समिति गठन गरेको हो। महानिर्देशक प्रदीपराज कँडेलले घटना छानबिन गर्न समिति गठन गरेको जनाएका छन्।

समितिका दुवै अधिकारी अहिले कारागार कार्यालय डिल्लीबजार पुगेर स्थलगत अध्ययन गरिरहेका छन्। आइतबार बिहान चौकीदार गोकुल गिरी र अन्य बन्दीहरुबीच झडप हुदा समीर भनिने शमशेर तामाङ घाइते भएका थिए। तामाङको वीर अस्पतालमा उपचार भइरहेको छ।

लकडाउनका कारण आफन्त भेट्न नआएपछि कारागारका बन्दीले क्यान्टिन र भित्रै सञ्चालित पसलबाट उधारोमा सामान मागेका थिए। तर चौकीदार गिरीले उधारो दिन नमानेपछि कैदीहरुले उनीमाथि आक्रमण गर्दा झडप भएको हो। अहिले कारागारमा सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने कारागारको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *