घरभाडा तिर्न नसक्ने महिलासँग भाडाको बदलामा यौनसुख माग्ने घरबेटी छ्याप्छ्याप्ती !

डिसी नेपाल
११ जेठ २०७७ १३:२२

काठमाडौं। कोरोनाभाइरसका कारण गरिएको लकडाउनमा आम्दानीको बाटो बन्द भएपछि भाडाको घरमा बस्नेहरुलाई ठूलो समस्या परिरहेको छ । रोजगारी गुमेपछि मानिसहरुसँग घरभाडा तिर्ने समेत पैसा छैन । यही बीचमा यसरी भाडाको घरमा बसेर भाडा तिर्न नसक्ने स्थितिमा पुगेका महिलाहरुसँग घरबेटीले घरभाडाको बदलामा यौनसुखको माग गरेका घटनाहरु ठूलो संख्यामा भेटिएका छन् ।

अमेरिकाको नेशनल फेयर हाउजिङ एलायन्स (एनएफएचए)को एक रिपोर्टको हवाला दिँदै समाचार एजेन्सी रोयटर्सले लेखेको समाचार अनुसार सय भन्दा धेरै फेयर हाउजिङ समूहहरुले पूरै अमेरिकामा मानिसहरुलाई यो समस्यासँग जुधिरहेका देखेका छन् । यो महामारीको बीचमा अमेरिकामा यौन उत्पीडनका घटना १३ प्रतिशतले बढेका छन् । एक महिलाले एनएफएचएको वेबसाइटको माध्यमबाट भनिन् ‘यदि मैले मेरो प्रोपर्टी म्यानेजरसँग सेक्स गर्न अस्वीकार गरेको भए उसले मलाई घरबाट निकालिदिन्थ्यो । एक सिंगल मदर भएको नाताले मसँग अर्को कुनै विकल्प बाँकी थिएन । म आफ्नो घर गुमाउन चाहन्नथें ।’

भाडाको बदलामा सेक्सको माग गर्नेहरु अब अमेरिकाका साथै बेलायतमा पनि जाँचको दायरामा आएका छन् । सेक्सको बदलामा भाडा माफ गरेर आवास सुविधा दिने नाममा बढिरहेका अनलाई विज्ञापनहरुबाट पनि पदा उठाउन थालिएको छ । विश्वभरी फैलिएको कोरोनाभाइरसका कारण लाखौंले रोजगारी गुमाएका छन् । लकडाउन र यात्रामा प्रतिबन्ध भएका कारण व्यवसाय ठप्प छ । आयका सबै माध्यम समाप्त भएपछि मानिसहरु आर्थिक अभावसँग जुधिरहेका छन् ।

उत्तरी अमेरिका र युरोपेली अथोरिटीहरुले क्यास बेनिफिट, रेन्ट फ्रिजिस र निष्काशन प्रतिबन्ध सम्बन्धी नयाँ नियम लागू गरेका छन् ताकि मानिसहरुलाई धेघर हुनबाट बचाउन सकियोस् । एनएफएचएका सल्लाहकार मोर्गन विलियम्सका अनुसार घरबाहिर निस्कन नपाउने मानिसहरुको लागि कैयौं पटक निकै कठिन विकल्प बाँकी हुन्छन् । यिनैमध्येको एक भाडाको बदलामा सेक्सको पूरै तथ्यांक खोज्नु निकै कठिन छ ।

विशेषज्ञहरुका अनुसार कानुनको राम्रो ज्ञान नभएका कारण घरबेटीको शिकार बनेका पीडित महिलाहरुमाथि उल्टै वेश्यावृत्तिको आरोप लाग्न सक्ने खतरा छ । बेलायतको हाउसिङ च्यारिटी शेल्टरको २०१८ को एक रिपोर्टअनुसार विगत ५ वर्षमा प्रोपर्टी म्यानेजरहरुले करिब अढाइ लाख महिलाहरुलाई भाडाको बदलामा सेक्सको अफर गरेको पाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *