चीनको भाइरोलोजी संस्थानका निर्देशकले भने–‘वुहानको ल्याबमा कोरोनाका ३ जीवित स्ट्रेन थिए’

डिसी नेपाल
१२ जेठ २०७७ ९:४८

काठमाडौं। चीनको वुहान शहरबाट कोरोना भाइरस संक्रमण फैलिन सुरु भएपछि अहिले चीन विश्वको निशानामा छ । यस विषयमा चीनको भाइरोलोजी संस्थानका निर्देशकले भनेका छन् कि कोरोना महामारीको स्रोत ब्याट कोरोनाका तीन जीवित स्ट्रेन वुहानको प्रयोगशालामा राखिएका थिए तर यी तीनवटै भाइरस अहिले फैलिरहेको विश्वव्यापी महामारीसँग मेल खाँदैनन् ।

वैज्ञानिकहरुले चीनको वुहानमा सबैभन्दा पहिले यो भाइरस चमेरामा उत्पन्न भएको र अर्को स्क स्तनपायी जनावर हुँदै मानिसमा फैलिएको विश्वास गर्छन् । यो महामारीको कारण अहिलेसम्म विश्वभर ३ लाख ४० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका निर्देशकले सरकारी प्रसारक सीजीटिएनलाई भने ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अन्य व्यक्तिहरुले कोरोनाभाइरसका विषयमा जे आरोप लगाएका छन् ती सबै मनगढन्ते हो । भाइरोलोजी इन्स्टिच्युटका निर्देशक वांग यानिले यो अन्तरवार्ता मे १३ मा दिएका थिए जसको प्रसारण शनिबार गरिएको हो ।

साक्षात्कारमा वांग यानिले भने ‘भाइरोलोजीको केन्द्र पूर्ण रुपमा अलग ठाउँमा छ जहाँ चमेरामा केही कोरोनाभाइरस पाइएका थिए । हामीसँग जीवित भाइरसका तीन स्ट्रेन थिए तर सार्स सीओभी २ को लागि तिनीहरुको उच्चतम समानता केवल ७०.८ प्रतिशत मात्र छ ।

प्रोफेसर झेंग लीको अगुवाइमा उनको एक शोध टिमले २००४ देखि चमेरामा पाइने कोरोनाभाइरसका विषयमा शोध गरिरहेको छ । लगभग २ दशक पहिले एक अन्य भाइरसको प्रकोपको पछाडि ‘कोरोनाको स्रोत ट्रेसिङ’ मा यो शोध केन्द्रित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *