कोरोनाभाइरसः मृतकहरुप्रति न्यूयोर्क टाइम्सको विशेष श्रद्धाञ्जली, प्रथम पृष्ठमा हजार जनाको नाम
काठमाडौं। अमेरिकाको प्रमुख अखबार न्यूयोर्क टाइम्सको मे २४ गतेको अंकको पहिलो पृष्ठमा सबैभन्दा महत्वपूर्ण शब्द थियो – ‘अकल्पनीय’ । कोभिड १९ महामारीबाट भएको कूल क्षतिलाई अकल्पनीय भनिएको हो । यो क्षति कुनै दृष्टान्त वा विवरणभन्दा धेरै ठूलो छ । तर, टाइम्सले निकै पृथक तरिकाले यसको प्रयास गरेको छ । यसले पहिलो पृष्ठ र भित्री ३ पृष्ठमा १ हजार जना पीडितको नाम प्रकाशित गरेर उनीहरुप्रति समर्पित गरेको छ ।
पहिलो पृष्ठमा कुनै फोटो, समाचार, लेख, विज्ञापन वा यस्ता अन्य केही कुरा पनि छैन । छ त केवल कोभिड १९ बाट ज्यान गगुमाउनेहरुको नाम र उनीहरुका खास खास कुराहरु । पहिलो पृष्ठ पूरै मृतकहरुको नामले भरिएको छ जसको माथि ठूलो ब्यानर शीर्षक छ ‘अमेरिकाको मृत्यु १ लाख नजिक, एक अकल्पनीय क्षति’ । कोभिड १९ का विज्ञहरु भने यसको क्षति अझै खराब भएको बताउँछन् । उनीहरुका अनुसार कैयौंको मृत्यु घरमै भएको छ र कैयौंको मृत्यु अन्य कुनै कारणले कोभिड १९ बाट भएको मृत्युको रुपमा दर्ता गरिएको छैन ।
कोरोना भाइरसको महामारीबाट विश्वमा सबैभन्दा बढी प्रभावित भएको देश अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या एक लाख पुग्न थालेको छ। अहिलेसम्म अमेरिकामा कोभिड–१९ बाट अमेरिकामा ९९ हजार ३ सयजनाको ज्यान गएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ। न्यूयोर्क टाइम्सको आइतबारको पहिलो पृष्ठमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको अमेरिकीको नाम तथा उनीहरु सम्बन्धी विशेष जानकारीहरु समेटिएको छ।
नयूयोर्क टाइम्सले ब्यानर शीर्षक तल उपशीर्षक दिएको छ – ‘उनीहरु केवल एउटा सूचीका नामहरु थिएनन्, उनीहरु हामी थियौं’ । कोरोना भाइरसको महामारीका कारण उत्पन्न त्रासदी र पीडाको विविधताको सन्देश प्रेसित गर्नका लागि यस्तो निणर्य गरिएको पत्रिकाले जनाएको छ। पत्रिकाले कोभिड–१९ बाट मृत्यु भएका मध्ये झण्डै एक हजारजनाको नाम तथा उनीहरुको विशेष पहिचान उल्लेख गरेको छ ।
सयौँ अमेरिकी पत्रपत्रिकामा प्रकाशित भएका कोभिड–१९ बाट ज्या गुमाएकाहरु सम्बन्धी जानकारी वा श्रद्धाञ्जली संकलन गरी त्यसबाट विशेष जानकारी समेटेर न्यूयोर्क टाइम्सले विशेष रुपमा प्रकाशन गरेको हो । ‘हामीलाई थाहा थियो ती स.ख्याको हिसाबकिताब गर्नको लागि कुनै न कुनै विधि हुनुपर्छ’ टाइम्स ग्राफिक्स डेस्कका असिस्टेन्ट एडिटर सिमोने लेन्टनले एउटा बिहाइण्ड द सीन भिडियोमा भनेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment