डोनाल्ड ट्रम्पले कोरोनाभाइरस विरुद्धको औषधी खाएर डोज पनि पूरा गरे

डिसी नेपाल
१२ जेठ २०७७ १४:०८

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसबाट बच्न हाइडोक्सिक्लोरोक्विन (एचसीक्यू) औषधीको डोज पूरा गरेको बताएका छन् । उनले यो औषधीको डोज पूरा गरेर औषधी खान छोडेका हुन् । ट्रम्पले ह्वाइट हाउसका दुई कर्मचारी संक्रमित पाइएपछि यो औषधीको दुई हप्ताको कोर्स सुरु गरेको र अब त्यो कोर्स पूरा भइसकेको बताएको युएसए टुडेले लेखेको छ ।

ट्रम्पले मलेरियाको औषधी एचसीक्युको सेवन गरेपछि आफूले ठिक महसुस गरिरहेको बताए । ट्रम्पले गत हप्ता आफूले एचसीक्यू सेवन गरिरहेको खुलासा गरेका थिए । ट्रम्पले भनेका थिए ‘म जिंकको साथमा दिनहुँ एक गोली लिन्छु ।’ यस्तो किन गरिरहेको भन्ने प्रश्नमा ट्रम्पले भनेका थिए ‘मैले यसबारे राम्रो सुनेको छु । कैयौं राम्रो खबर सुनेको छु ।’ यद्यपि अमेरिकाकै विशेषज्ञले भने टाक्टरको परामर्शबिना यो औषधी सेवन नगर्न चेतावनी दिइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *