नासाले भाडाको यान प्रयोग गरेर ‘स्पेस एक्स’ प्रक्षेपण गर्दै

डिसी नेपाल
१२ जेठ २०७७ १८:५१

बीबीसी । नासाका अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्लीले यो साता हुने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) तर्फको यात्राका लागि पूर्वाभ्यास गरेका छन्।

नौ वर्षपछि अमेरिकी भूमिबाट प्रक्षेपण हुने स्पेस एक्स फ्याल्कन रकेट र क्रू ड्र्यागन क्याप्स्यूल जडित मानवसहितको अन्तरिक्षयान एकै चोटि अन्तरिक्षकक्ष पुग्दैछन्।

यो क्यालिफोर्नियास्थित अमेरिकी अन्तरिक्ष कम्पनीबाट अमेरिकी अन्तरिक्ष संस्था नासाले किन्न लागेको नयाँ ट्याक्सी सेवाको प्रदर्शन हुनेछ। बुधवार स्थानीय समयानुसार साँझको ४ः३३ बजे उक्त प्रक्षेपण हुँदैछ।

यद्यपि फ्लोरिडास्थित केनिडी अन्तरिक्ष केन्द्रवरपरको मौसमका कारण त्यसमा केही परिवर्तन हुन सक्छ। शनिवार गरिएको पूर्वानुमानअनुसार प्रक्षेपणका बेलाअनुकूल मौसम हुने सम्भावना ४० प्रतिशत देखिएको थियो।

त्यस क्षेत्रमा बाक्लो बादल, वर्षा र चट्याङ पर्न सक्ने प्रबल सम्भावना भएको बताइएको छ। यदि बुधवार अनुकूल परिस्थिति नभएमा शनिवार दोस्रो प्रयास गरिने जनाइएको छ।

हर्ली र बेन्कन अहिले अन्तरिक्ष यात्राका लागि तयार भएर बसेका छन्। सप्ताहान्तमा भएको ुड्राई ड्रेसु पूर्वतयारीमा उनीहरू स्पेससूट लगाएर टेस्ला कारमा बसी केनिडी केन्द्रको प्रसिद्ध प्रक्षेपण परिसर ३९ए सम्म पुगेका थिए।

उनीहरूको स्पेस एक्स फ्याल्कन–९ रकेट बिहीवारदेखि त्यहाँ ठडिएको छ। अन्तरिक्षयात्रीहरू त्यसपछि लिफ्टको सहायताले क्याप्स्यूल अर्थात् उनीहरू बस्न तयार पारिएको ठाउँसम्म पुगेका थिए।

त्यस प्रक्रियामा अन्य सबै सम्बद्ध कर्मचारीहरू पनि सहभागी भएका थिए। यस अभियानले अहिले धेरैको ध्यान खिचिएको छ। सन् २०११ मा द स्पेस शटल्स भनिने अन्तरिक्षमा यान पठाउने प्रणाली बन्द गरिएपछि अमेरिकाले आफैँले अन्तरिक्षयात्री पठाएको छैन।

पछिल्ला नौ वर्षमा उसले रुसको ुसोयुज रकेट एन्ड क्याप्स्यूलु प्रणाली प्रयोग गर्ने गरेको थियो। नासाले स्पेस एक्स र विमान निर्माता कम्पनी बोइङलाई स्पेस शटल्सको विकल्प बन्ने अवसर दिएको थियो।

यस पटकको भिन्नता भनेकै नासाले आफ्नो अन्तरिक्षयान नभई अरूको भाडामा लिएर उड्न लागेको हो। यो टिकट किनेर यात्रा गरे जस्तै हो। स्पेश एक्स र बोइङ दुवैले आफ्ना सेवाहरू अन्य अन्तरिक्ष निकाय, कम्पनी र व्यक्तिहरूलाई समेत विक्री गर्न पाउनेछन्।

अन्तरिक्षयात्रीहरू हर्ली र बेन्कन आफूहरू बसेर उड्ने ड्र्यागनको नाम पनि यसअघिकै परम्पराअनुरूप दिइएको छ।उक्त नाम बुधवार नै सार्वजनिक गरिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *