प्रधानमन्त्रीद्वारा जाजरकोट घटनाको यथार्थ खोज्न गृहमन्त्रीलाई निर्देशन

डिसी नेपाल
१३ जेठ २०७७ ६:४७

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट घटनाको यथार्थ खोज्न गृहमन्त्री रामबहादुर थापा बादललाई निर्देशन दिएका छन्। मन्त्रिपरिषद्को जेठ १२ गते सोमबारको बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन्।

सोमबार मन्त्रिपरिषद् बैठकमा जाजरकोटबाट रुकुम पुगेका दलित युवाका विषयमा धेरै बेर छलफल भएको थियो। एक मन्त्रीले दिएको जानकारीअनुसार गृहमन्त्री रामबहादुर थापाले विषय प्रवेश गराउँदै रुकुममा दलित युवाहरूमाथि ज्यादती भएको विवारण मन्त्रिपरिषद्को बैठकम प्रस्तुत गरेका थिए।

गृहमन्त्रीको ब्रिफिङपछि कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले घटनाको संवेदनशिलतालाई ध्यानमा राखेर छानबिन गर्नुपर्ने धारणा राखेकी थिइन्। स्रोतका अनुसार यो विषयलाई जातिगत र राजनीतिक रङ नभर्दै उचित छानविन गर्नुपर्ने प्रस्ताव राखेकी थिइन्।

मन्त्रीहरुले सो घटनाको संबेदनशीलतासमेतलाई ध्यानमा राखी छलफलमा ल्याएपछि प्रधानमन्त्रीले राज्य संयन्त्रमार्फत निश्पक्ष छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएका थिए। प्रधानमन्त्रीलाई उध्दृत गर्दै ती मन्त्रीले भने, ‘मानवता बिरोधी कुनै किसिमका गतिविधि निषेध हुनुपर्छ भन्ने किसिमले घटनाको यथार्थता खोज्नुहोस्।’

समयमा संबेदनशील नहुँदा कन्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाले सरकार अत्यन्त विवादमा परेको थियो र वास्तविकता पत्ता लगाउनसमेत असफल भएको थियो।

प्राप्त जानकारीअनुसार जाजरकोटका दलित युवा र रुकुमकी क्षेत्री युवती केही दिनअघि नै जिल्ला प्रशासनमा बिहे दर्ताका लागि पुगेका थिए। उमेर पुगेको छैन भन्दै दुवैतर्फलाई राखेर मिलापत्र गरेर प्रशासनले फिर्ता पठाएको थियो।

त्यही मिलापत्रका कारण पछि केटीलाई केटासँग भेट्न समेत नदिने निर्णय गरेपछि केटाका तर्फबाट केटी लिन जाँदा झडप भएको र सोही क्रममा प्रेमी भनिएका नवराज विकसहित टीकाराम सुनार र गणेश सुनारको शव फेला परेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *