कोरोनाबाट निधन भएका व्यक्तिको शवमाथि अस्पतालको लापरवाही

डिसी नेपाल
१४ जेठ २०७७ १४:१८

नुवाकोट। नेपालमा कोरोना भाइरसको कारण मृत्यु भएका ७० वर्षी पुरुषको शव माथि अस्पतालले हेलचेक्राँइ गरेको भन्दै विरोध भएके छ। वीरगञ्जको नेशनल मेडिकल कलेजमा गत जेठ ४ गते मृत्यु भएका ७० वर्षीय पुरुषको शवमाथि हेलचेक्राँइ भएको भन्दै नागरिकहरुले जनाएका हुन्।

कलैया–४ बाराका पुरुष स्वास्थमा समस्या देखिएपछि जेठ २ गते अस्पतालमा भर्ना गरिएको थियो। आइसीयुमा राखेर उपचार गर्दै गर्र्दा स्वाब परीक्षण गर्नको लागि नारायणी अस्पताल पठाइएको थियो। नारायणी अस्पतालको रिपोर्ट शंकास्पद देखिएपछि स्वाब पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पाठाएको थियो। टेकु अस्पतालले मृत्यु भएको हप्तादिन भन्दा बढी समयपछि कोरोना पोजेटिभ देखिएको पष्टि गरेको थियो।

मृतकको शव जलाउनेदेखि अन्य कार्यमा कुनै कुनै नियम पालना नभएको पाइएको छ। राज्यले कोरोना संक्रमितको शव जलाउनको लागि नीति तय गरेपनि रिपोर्ट नै देखा नपरी अस्पतालले शव जिम्मा लगाउनाले भयावह अवस्था आउनसक्ने भन्दै सामाजिक संजालमा चर्को आलोचना भएको छ।

पहिल्यैबाट क्षयरोग, दम, निमोनियाको पीडित बिमामीको कोरोना टेस्ट नै नगरी शव बुझाउनु गतल भएको भन्दै विरोध भइरहेको छ। कोरोनाको आशंकामा स्वाब पुन टेस्टको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको उनको शव रिपोर्ट अगाडि नै करिव ५० जना भन्दा बढी मलामिका साथ जलाइएको भन्दै बाराका एक पुरुष भन्छन्, ‘यो अत्यन्तै हेपिएको हो। शव किन पठाएको हस्पिटलले अरुलाई पनि सर्न सक्छ। पावर देखाएको होला।’

यता जनस्वास्थ्यविद रविन्द्र समिरले पनि मृतकको स्वाब परीक्षण अगाडि नै शव बुझाउनु अस्पतालको चरम लापरबाही भएको बताउएका छ्न। उनले भने, ‘अस्पतालले आशंका गर्दागर्दै पनि शव त्यसरी बुझाइ दिनु सरासर गलत हो। यसलाई अस्पतालले आफ्नो पावर छ भनी देखाएको भन्दा केही फरक पर्दैन। देश महामारीमा छ यस घडीमा अलिकति बिचार नपुर्याउनाले जे पनि हुन सक्छ। यस बिषयमा सरकार गम्भीर भएर कारबाही अगाडि बढाउनु पर्छ।’

सोही टोलमा कोरोना देखिएको जानकार हुँदासम्म पीसीआर परीक्षण नभएको भन्दै डाक्टर समीर भन्छन्, ‘पीसीआर रिपोर्ट आकस्मिक समयमा ३÷४ घण्टामा नै निस्कन्छ स्थानीय ल्यापमा किन टेस्ट गरिएन? यो हेपाइ हो।’ काठमाडौ स्वास्थ मन्त्रालयमा नै शव पठाएको अवस्थामा पनि जम्मा दुई दिन लाग्ने उनले बताए ।

‘एक त मृतकलाई सुरुमै पीसीआर टेस्ट नगर्नु गलत बिषय हो। मृत्यु भएपछि पनि काठमाडौं स्वास्थ मन्त्रालय मा नै ल्याएर शव टेस्ट गराउन जम्मा दुई दिन लाग्छ। कसरी ९–९ दिन लाग्यो। अनि अर्को कुरा स्वाब परीक्षण गर्न पठाइएको लास रिपोर्ट नै नआई परिवारलाई बुझाउनु अस्पतालको हेलचेक्राँइ हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *