क्राइम पेट्रोलकी नायिकाले आत्महत्या गर्नु पहिला के लेखिन् अन्तिम पोस्ट?

डिसी नेपाल
१५ जेठ २०७७ १२:०२

काठमाडौं। चर्चित शो क्राइम पेट्रोलकी नायिका प्रेक्षा मेहताले आत्महत्या गरेकी छन्। उनले आफ्नो इन्दौरस्थित घरमा २५ मे राति झुण्डिएर आत्महत्या गरेकी भारतीय संचारमाध्यमले जनाएका छन्। प्रेक्षाले कयौं टेलिभिजन शोमा अभियन गरेकी थिइन्।

प्रेक्षाले सानै उमेरमा आत्महत्या गरेर सबैलाई चकित पारेकी छन्। प्रेक्षा मायानगरी मुम्बईमा आफ्नो सपनाको उडान भर्न चाहन्थिइन्। तर सोचेजस्तो काम नपाएपछि उनको डर र सपना पूरा हुन सकेन र उनी डिप्रेसशनमा गएकी थिइन्।

त्यसपछि उनी आत्महत्या जस्तो खतरनाक कदम उठाउन तयार भइन्। आत्महत्या गर्नुभन्दा पहिला प्रेक्षाले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘सबैभन्दा नराम्रो तपाईँको सपना मर्नु हो।’ उनको स्टाटस हेरेर उनको सपना पूरा नभएपनि उनले आत्महत्या गरेको हुन सक्ने बताइएको छ।

प्रेक्षाका बुवाका अनुसार लकडाउन सुरु हुनुभन्दा पहिला उनी घर गएकी थिइन्। उनी तनावमा थिइन् किनभने उनी १ वर्षदेखि उनीसँग कुनै काम थिएन। मुम्बईमा कोरोना संटकका कारण लकडाउनको अवधि थप हुँदै गयो। त्यस्तोमा उनले लामो समयसम्म काम नपाउने ठानिन् र उनी डिप्रेशनमा गइन र आत्महत्या गरिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *