नेपालमा थप २ जनामा कोरोना पुष्टि

डिसी नेपाल
१६ जेठ २०७७ ७:४८

काठमाडौँ । शुक्रबार बिहानै नवलपरासीका दुई जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ ।

गण्डकी प्रदेश, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला, देबचुली नगरपालिका ठेगाना भै सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १९ र २१ का २ जना पुरुषमा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।

संक्रमितहरुलाई नवलपुरको मध्यबिन्दु स्थित जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४४ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *