‘कोरोना पत्नी जस्तै हो, नियन्त्रण गर्न सकिँदैन’

डिसी नेपाल
१६ जेठ २०७७ १७:४८

काठमाडौं । इन्डोनेसियाका एक मन्त्रीले कोरोनाभाइरसको विषयमा विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले कोरोनालाई महिलासँग तुलना गर्दै विवादास्पद अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको छ।

इन्डोनेसियाका सुरक्षामन्त्री मोहम्मद महफुद एमडीले सार्वजनिक रुपमा बोल्दै कोरोनाभाइरसलाई ‘विद्रोही पत्नीहरु’सँग तुलना गरेका थिए। उनको यो अभिव्यक्तिसंगै विवादित बनेका छन्।

उनको ‘सेक्सिस्ट’ अभिव्यक्ति लगत्तै सामाजिक सञ्जालमा महिला समूह र सामाजिक अभियन्ताहरुले उनको कडा आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। मन्त्रीले स्थानीय विश्वविद्यालयका विद्यार्थीहरुमाझ अनलाइन मार्फत उक्त अभिव्यक्ति दिएका थिए ।

यही मंगलबार उनले सम्बोधनको क्रममा भनेका थिए, ‘के हामी विस्फोट हुन चाहन्छौँ, हामीले स्वास्थ्यमा ध्यान दियौँ भने अझै पनि यो परिस्थिति सामना गर्न सक्छौँ । अर्को दिन मैले साथीबाट सल्लाह पाएँ कि, कोरोना तपाईँको पत्नी जस्तै हो । सुरुमा यसलाई नियन्त्रण गर्न थाल्नुभयो, पछि रियलाइज भयो कि, यसलाई नियन्त्रण गर्नै सकिन्न भन्ने कुरा । किनकि, तपाईँले यससँगै जीउन बानी पार्नुपर्ने हुन्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *