नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

डिसी नेपाल
१७ जेठ २०७७ १२:२४

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा एमसीसी घुसाएपछि उत्पन्न विवादका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको सचिवालय बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा बजेटमा एमसीसी घुसाइएको विषयमा छलफल भइरहेको छ। एमसीसी बजेटमा घुसाएपछि शुक्रबार साँझ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर असन्तुष्टि जनाएका छन्।

एमसीसीका विषयमा नेकपाभित्रको विवाद बढ्दै गएपछि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य थिए। कार्यदलले एमसीसीलाई जस्ताको त्यस्तै पारित गर्न नहुने रायसहितको प्रतिवेदन बुझाइसकेको छ।

प्रधानमन्त्री ओली यही संसद अधिवेशनबाट एमसीसी पारित गराउने पक्षमा छन्। तर प्रचण्डसहितका नेताहरु एमसीसीलाई जस्ताको त्यस्तै पारित गर्न नहुने पक्षमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *