बुन्डेसलिगा : हावेर्टजको किर्तिमान संगै लेवरकुसेन द्धारा फ्रेबर्ग १–० ले पराजित

डिसी नेपाल
१७ जेठ २०७७ १३:५७

काठमाडौं । प्रतिभाशाली युवा फुटबलर काई हावेर्टजले फेरी एक नयाँ किर्तिमान बनाउदै लेवरकुसेनलाई फ्रेबर्ग बिरुद्ध जित दिलाउदै टिमलाई अंक तालिकाको तेस्रो स्थानमा पुर्याउन सफल भएका छन । करिब २० बर्षपछि हावेर्टजले बुन्डेसलिगाको ईतिहासमा २१ बर्षको उमेरमा ३५ गोल गर्ने खेलाडी बनेका छन ।

कोरोना भाईरसको कारण बन्द भएपछि पुन सुचारु भएको लिगको चौथो खेलमा उनको यो पाचौं गोल हो । मध्यान्तर पछि सुरु भएको खेलको आठौं मिनेटमा उनले लियोन बेलिको मदतमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए । जर्मनीका यि खेलाडी यसअघिनै जारी लिगमा ५० र १०० खेल खेल्ने पहिलो युवा खेलाडी बनिसकेका छन । उनी सन २०१७ मा लेवरकुसेनका लागि गोल गर्ने सबैभन्दा युवा खेलाडी पनि बनेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *