सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, एक राउण्ड हवाई फायर

फाइल फाेटाे।


काठमाडौं। सर्लाहीमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ।

आज विहान ६ः३० बजे सर्लाहीको विष्णु गापा २ पकडी स्थित दशगजा ईलाकामा विओपि सिमराबाट खटिएको सप्रसनिको टोलीले नेपाल तर्फ प्रवेश गर्न नदिए पश्चात् ४० भन्दा बढी भारतीयहरु नागरिकहरुको समुहले आक्रमण गर्न खोज्दा झडप भएको हो।

सशस्त्र प्रहरी मुख्यालयका अनुसार ड्यूटीमा खटिएको टोलीलाई हुलहुज्जत गरी हतियार समेत खोस्न प्रयास गरेकोले स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र टोलीले बाट १ राउण्ड हवाई फायर गरेको थियो। भिड तितरवितर भई अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रदेश २का सशस्त्र प्रहरी बलका प्रमुख डिआइजी राजु अर्यालले भारतीय नागरिकहरु नेपाल आउन खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो। उनीहरु आफन्त भेटन आएको भन्दै नेपाल प्रवेश गर्न खोजेका थि ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो