वैज्ञानिकको नयाँ खोज, वुहानको पशुपन्छी बजारबाट कोरोना फैलिएको होइन

डिसी नेपाल
१८ जेठ २०७७ १०:३२

काठमाडौं। कोरोनाभाइरसको महामारी सुरु भएको झण्डै ५ महिनापछि चीनका वैज्ञानिकहरुले चीनको वुहानस्थित पशुपन्छी बजारबाट कोरोनाभाइरस फैलिएको भन्ने यसअघिको रिपोर्टलाई खारेज गरेका छन् । द सनको रिपोर्ट अनुसार यहाँका वैज्ञानिकहरुले वुकानको वेट मार्केटको भूमिका ‘स्रोत’को रुपमा नभइ ‘सुपर स्प्रेडर’को रुपमा भएको बताउका छन् । यद्यपि यस विषयमा विश्व स्वास्थ्य संगठनको कुनै टिप्पणी आएको छैन ।

वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका विशेषज्ञहरुले यसअघिको रिपोर्टको खण्डन गर्दै कोरोना संक्रमणको पहिलो केस वुहानको वेट मार्केटबाट नआएको बताएका छन् । महामारीको सुरुवातमा शोधकर्ताहरुको रिपोर्टमा कोरोना वुहानको हुनानस्थित वेट मार्केटबाट फैलिएको दावी गरिएको थियो । अहिले चीनका वैज्ञानिकहरुले यो रिपोर्ट गलत भएको बताएका छन् ।

वैज्ञानिकहरुले डिएनए प्रमाणको आधारमा दावी गरेका छन् कि नोवेल कोरोनाभाइरस सार्स सीओभी २ चीनका चमेराहरुमा पहिलेदेखि नै थियो । यो भाइरस मानवमा आउनुको बीचमा केवल एक वाहक जनावरको हात हुन सक्छ । यो वाहकको रुपमा पेंगोलिनमाथि सबैभन्दा धेरै शंका गरिएको छ । वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्टअनुसार चीनको सेन्टर्स फर डिजिज कन्टेल एण्ड प्रिभेन्सन (सीडीसी)का निर्देशक गाओ फूले वुहानको पशुपन्छी बजारबाट दोस्रो पटक नमूना लिएपछि रिपोर्ट नेगेटिभ आएको बताएका छन् । यो रिपोर्टले यहाँका पसले संक्रमित नभएको देखाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *