सत्ता संकट टार्न ओलीले भारतको विरोध उचाले : श्याम शरण

डिसी नेपाल
१८ जेठ २०७७ १०:४३

काठमाडौं। काठमाडौंको राजनीतिमा यतिबेला भारतका पूर्वविदेश सचिव एवं नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरण निकै चर्चामा छन्। उनी कुनै प्लेनमा लुकेर काठमाडौंमा आए र गोप्यरुपमा नेपालविरुद्ध गतिविधिमा छन् भन्ने हल्लाले नेपाल पिटेको छ।

तर, उनी भने भारतको एउटा टेलिभिजन च्यानलमा देखा परेर नेपाल भारतसम्बन्धका बारेमा बोलेको पाइएका छन् । इण्डिया टुडे टिभीमा पत्रकार राहुल कनवललाई अन्तर्वार्ता दिँदै उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रोश पोखे।

नेपालमा उनको उपस्थिति रहेको भनेर हल्ला भएकै समयको सेरोफेरोमा मे २७ का दिन उनले सो टिभीलाई लामो अन्तर्वार्ता दिँदै ओलीले आफ्नो सत्ताको संकटबाट ध्यान मोड्न भारतविरोधी कुरा उचालेको आरोप लगाए।

उनले भनेका छन्, ‘अहिले नेपालमा के भइरहेको छ भने प्रधानमन्त्री ओली राजनीतिकरुपमा पर्याप्त चुनौतीमा थिए, उनकै पार्टीभित्र नेताहरुबाट। उनी पर्याप्त दवावमा थिए। यस्तो अवस्थमा ध्यान अन्तै मोड्न ओलीले भारतबाट थ्रेट भएको कुरा उचालेका हुन्।’

अरु भारतीय राजनीतिक र कुटनीतिक व्यक्तिहरुले झैं उनले नेपालका चीनको प्रभावमा परेको कुरा भन्न छुटाएनन्। उनले नेपालबाट आएको रिपोर्ट भन्दै सुनाए, ‘चीनले पार्टीभित्रका विवादित समूहलाई मिलाउन भूमिका खेलेको छ।’

उनले नेपालले भारतविरोधी कुरा आफैं उचालेको बताउँदै भारतीय रक्षामन्त्री राजनाथ सिंह र भारतीय सेनापति मनोज नरवानेले बोलेको कुराले पनि यसलाई बढाउन मद्धत गरेको हुनसक्ने विश्लेषण गरेका थिए।

भारतले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीका जारी बयानहरुलाई अस्वीकार गर्नुपर्ने तर नेपाललाई सहमतिका लागि इन्गेज गरिराख्नु पर्ने तर्क गरे। उनले भारत र नेपालसम्बन्धलाई चीनसँग जोडेर फ्रेमिङ गर्ने काम पनि छोड्नु पर्ने बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *