परीक्षणबिनै झुलाघाट नाकाबाट भित्रिए एक हजार

डिसी नेपाल
१८ जेठ २०७७ ११:४७

बैतडी । नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन् ।

लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो । बिहीबारदेखि शुरु गरिएको उद्धारमा शनिबार १८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । यस्तै तीन भारतीय पनि भारत गएको उनले बताए ।

यसअघि शुक्रबार २८३ मजदुरलाई स्वदेश भित्र्याइएको थियो भने नौ भारतीय नागरिकलाई भारत पठाइएको थियो।

बिहीबार पनि उक्त नाकाबाट ५७६ मजदुरलाई स्वदेश भित्र्याइएको थियो । स्वदेश भित्र्याइएका नागरिकहरू सुदूरपश्चिम र कर्णाली प्रदेशका छन्।

स्वदेश फर्केका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको छ।

उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्रै कोरोना परीक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

झुलाघाट नाकाबाट स्वदेश भित्र्याउँदा सामान्य ज्वरो जाँच मात्रै गरी भित्र्याइएको छ।

भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गरेका उनीहरुलाई परीक्षणबिनै भित्र्याउँदा सङ्क्रमणको जोखिम बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *