‘कोरोनाभाइरस संक्रमित भएपछि मर्छु जस्तै लागेको थियो’

डिसी नेपाल
१८ जेठ २०७७ १२:१३

काठमाडौं। अमेरिकी मिडिया पर्सनालिटी, मोडल तथा अभिनेत्री किम कार्दाशियनजस्तै देखिने कोलम्बियाकी मोडलले आफूलाई कोरोनाभाइरस संक्रमित भएपछि मर्छु जस्तो लागेको बताएकी छिन् । कोलम्बियन किम कार्दाशियनको रुपमा परिचित इन्स्टाग्राम मोडल मारियाना हेराजोले कोरोनाभाइरससँगको २० दिन लामो संघर्षका क्रममा आफूलाई मृत्यु नजिकै आएको अनुभूति भएको बताएकी हुन् । उत्तरी इटलीमा फसेका बेला संक्रमित पाइएपछि आफूले भगवानसँग प्रार्थना गर्दै र परिवारलाई सम्झँदै बसेको उनले बताइन् ।

मारियानाले यो महामारीको सुरुवाती अवस्थामा नै आफू संक्रमित भएको बताइन् । उनलाई खोकी लगातार बढ्दै गएको र सास फेर्न समस्या भएपछि उनी आफैं अस्पताल गएकी थिइन् जतिबेला डाक्टरहरुले उनलाई दम भएको हुन सक्ने बताएका थिए । उनले कोरोनाभाइरससँग संघर्ष गर्दै अस्पतालमा २० दिन बिताएकी थिइन् । २७ वर्षीया मारियानाले भनिन् ‘म इटलीको उत्तरमा रेड जोनमा बस्छु र मलाई सुरुमै म संक्रमित भएजस्तो लागेको थियो किनकि त्यतिबेला यो सुरुवाती अवस्थामा भएकोले गम्भीरतापूर्वक लिइएको थिएन र मानिसहरु सामान्य रुपमा बाहिर निस्किन्थे ।’

उनले अगाडि भनिन् ‘दुई हप्तापछि मलाई ज्वरो, शरीर दुख्ने र खोकी लाग्ने हुन थाल्यो । यो समस्या १४ दिनसम्म जारी रहेपछि मैले डाक्६र बोलाएँ तर डाक्टरहरुले म युवा नै भएको भन्दै चिन्ता नलिन भने । उनीहरुले मलाई दम भएको आशंका गरेका थिए ।’ मारियानाका अनुसार उनी दमको रोगिसँगै पहिले निमोनिया र ब्रोङकाइटिसबाट पनि पीडित भएकी थिइन् जसका कारण उनको रोग प्रतिरोधी क्षमता राम्रो थिएन र उनले नियमित भिटामिन लिने गर्थिन् । समस्या बढ्दै गएपछि उनी आफैंले एम्बुलेन्स बोलाएर अस्पताल गएकी थिइन् जहाँ उनको नतिजा पोजेटिभ देखियो ।

‘मलाई लाग्यो म अब यहाँ एक्लै मर्छु । डाक्६रहरु ममा देखिएका लक्षणको कसरी उपचार गर्ने भन्नेमै प्रस्ट थिएनन् । मलाई सबैभन्दा डर यो कुराले लाग्यो जब मैले सोचें कि यो नयाँ भाइरस हो र यसको उपचार भेटिएको छैन’ उनले भनिन् ‘पीडा असहनीय थियो । मलाई सास फेर्न अत्यन्तै कठिन भइरहेको थियो । कैयौं पटक त मेरो अनुहार नीलो हुन्थ्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *