मेलबर्न ओलम्पिकमा तीन स्वर्ण पदक जित्ने धावकको निधन
काठमाडौं । मेलबर्न ओलम्पिकमा स्वर्ण पदकमा हयाट्रिक बनाउने धावक बबी जो मोरोको ८४ बर्षको उमेरमा निधन भएको छ । बबीले सन १९५६ को मेलबर्न ओलम्पिकमा १०० मिटर, २०० मिटर र ४०० मिटरमा स्वर्ण पदक जितेका थिए ।
सेन बेनिटो स्कुलले शनीबार आफ्नो फेसबुक मार्फत माहान धावक खेलाडीको निधनमा शोक प्रकट गरेको छ । यो स्कुलले आफ्नो फुटबल स्टेडियमको नाम बबी जो मोरोकाको नाममा राखेको छ ।
मेलबर्न ओलम्पिकमा स्वर्ण पदकमा हयाट्रिक बनाउने धावक बबीको किर्तिमानको बराबरी अमेरिकाका दिग्गज एथलिट जेसी ओभेन्सले गरेका थिए । पछि अमेरिकाका कार्ल लुइस र जमैकाका उसिन बोल्टले पनि यो उपलब्धि हासिल गरेका थिए ।
उनलाई त्यो वर्षको सर्वश्रेष्ठ खेलाडीको सम्मान दिईएको थियो । बबीले सन १९५८ मा एथलेटिक्सबाट रिटायर भएका थिए। उनले सन १९६० मा केहि समयको लागि पुनरागमन गरेपनि अमेरिकी ओलम्पिक टिममा स्थान बनाउन असफल भए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment