टेलर स्विफ्टको त्यो ट्वीट जसले ट्रम्पलाई राष्ट्रपति पदबाट हटाउन सक्छ

डिसी नेपाल
१८ जेठ २०७७ १६:०७

काठमाडौं। अमेरिकी गायिका टेलर स्विफ्ट अहिले चर्चामा छिन् । २९ मेमा उनले गरेको एउटा ट्वीट ट्वीटरमा निकै लोकप्रिय भएको छ । उनको यो ट्वीटमा २ दिनभित्रै २० लाखभन्दा धेरै लाइक आइसकेका छन् । ४ लाख ३५ हजारभन्दा धेरै रिट्वीट भएको छ र १ लाखभन्दा धेरैले प्रतिक्रिया दिएका छन् । यो ट्वीटमा उनले राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आक्रामक रुपमा प्रस्तुत भएकी छिन् ।

यो ट्वीटमा टेलर स्विफ्ले अमेरिकाको मिन्नेसोटा राज्यको मिनियापोलिसमा अश्वेत नागरिक जर्ज फ्लोएडको हत्या भएको घटनामा अमेरिकी राष्ट्रपतिको प्रतिक्रियाप्रति तीखो प्रतिक्रिया दिएकी छिन् । उनले लेखेकी छिन् ‘नस्लीयता र गोराहरुको सर्वोच्चतामा पूरै राष्ट्रपतिकाो कार्यकाल आहुती दिएपछि अब तपाइँ हिंसाको धम्की दिनुभन्दा पहिले नैतिकताको कुरा गर्दै हुनुहुन्छ ? ‘ह्वेन द लुटिङ स्टार्ट सुटिङ स्टार्ट ?’ हामी तपाइँलाई नोभेम्बरमा भोट आउट गरिदिनेछौं ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको छवि आप्रवासी विरोधीको छ । काला जातिका नागरिकलाई अमेरिकामा आप्रवासीको रुपमा विभेदपूर्ण व्यवहार गरिएका घटनाहरु अझै पनि भेटिन्छन् । आगामी नोभेम्बरमा राष्ट्रपतिको चुनावका बेला यसरी राष्ट्रपतिको विरोध हुनुलाई निर्वाचनमा उनको पराजयको कारण बन्न सक्ने रुपमा हेरिएको छ । आगामी निर्वाचनमा राष्ट्रपति ट्रम्प दोस्रो कार्यकालको लागि लड्दैछन् । फोर्ब्सले टेलर स्पीफ्टको यो ट्वीटले ट्रम्पलाई हराउन भूमिका खेल्ने लेखेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *