कोरोना सङ्क्रमित ठाउँ तत्काल सिल गरौँ : नेता शाही

डिसी नेपाल
१८ जेठ २०७७ २१:०४

सुर्खेत । कर्णाली प्रदेशसभाको आजको बैठकमा बोल्ने सभासदहरुले कोरोना भाइरसको जोखिम प्रदेशमा बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर बन्न नसकेको आरोप लगाए । उनिहरुले भारतबाट आएका व्यक्तिहरुमा कोरोनाको सङ्क्रमणको जोखिम उच्च रहेकाले उनीहरुलाई सुरक्षित रुपमा राख्ने, परीक्षण गराउने र सङ्क्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

बैठकमा प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश कोरोनाको भयावह अवस्थामा पुगेको बताएका छन् । कर्णाली प्रदेशसभाको आजको बैठकमा उनले भारतबाट भित्रिएका नागरिकका कारण कोरोना फैलिएको जनाए।

भारतबाट आएका नागरिकहरुको लगत सङ्कलन गरी सीमा क्षेत्रमा क्वारेन्टिन बनाएर जाँच गर्न आग्रह गर्दै उनले भने, “कोरोना प्रतिकार्यमा हामीले सरकारलाई आवश्यक सहयोग दिन्छौँ भन्दै आए पनि सरकारले बेवास्ता ग¥यो ।” सुर्खेत, दैलेख, सल्यान र कालीकोटमा एक हप्ताभित्रै १२३ जना कोरोना सङ्क्रमित भेटिनुले कर्णालीका अन्य जिल्ला पनि अछुतो नरहने भन्दै उनले यहाँका नागरिकको जीवन सुरक्षार्थ सरकारको ध्यानाकर्षण गराए ।

अर्का सदस्य कुर्मराज शाहीले भारतका कारण नेपाल तथा कर्णाली प्रदेशमा कोभिड–१९ को सङ्क्रमण फैलिएको आरोप लगाएका छन्। उनले भने, “कर्णालीमा पछिल्लो समयमा भारतले बस्न नदिएर नेपाल आउन बाध्य पारिएका नागरिकहरुबाट कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *