थप ३ जनामा कोरोना संक्रमण

डिसी नेपाल
१९ जेठ २०७७ ७:५३

काठमाडौँ । नेपालमा सोमबार बिहान तीन जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको नवलपुर (सुस्ता पूर्व) मा थप तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार, नवलपुरको कावासोती नगरपालिका घर भइ सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२ र ३६ वर्षका २ जना पुरुष र सोहि जिल्लाको कोबिनयत्रिवेणी गाउँपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १४ वर्षका एक बालकमा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।

आइतबार कर्णाली प्रदेशमा ४३ सहित देशभर २०९ जनामा कोरोना संक्रमण देखिएको थियो । यो सँगै देशभर कोरोना संक्रमितको संख्या १ हजार ६१३ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *