जासुसीको आरोपमा भारतद्वारा दुई पाकिस्तानी अधिकारीलाई देश निकाला
बीबीसी । दशकौँदेखि भारत-पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ। पाकिस्तानका दुई कूटनीतिक अधिकारीले जासुसी गरेको आरोप लगाउँदै भारतले उनीहरूलाई देशबाट निष्कासित गर्ने घोषणा गरेको छ।
विदेश मन्त्रालयले दिल्लीस्थित पाकिस्तानको उच्च आयुक्तको कार्यालयमा कार्यरत ती दुई अधिकारी “जासुसीसम्बन्धी गतिविधिमा संलग्न” भएको आरोप लगाएको हो। एउटा विज्ञप्तिमार्फत् त्यस्तो बताएको दिल्लीले थप विवरण भने दिएको छैन।
बीबीसी संवाददाता रोरी ग्यालीमोरले भने, “एउटा संक्षिप्त विज्ञप्तीमा भारतको विदेश मन्त्रालयले पाकिस्तानका दुई अधिकारीले कूटनीतिक हैसियत अनुसार नमिल्ने व्यवहार गरेको जनाएको छ।”
तिक्ततापूर्ण सम्बन्ध
ती कूटनीतिक अधिकारीहरूले २४ घण्टाभित्र भारत छोड्नुपर्नेछ। पाकिस्तानले भने प्रतिक्रियामा भारतको त्यस्तो घोषणालाई कूटनीतिक अधिकारीहरूमाथिको यातना र अवरोध भन्दै आलोचना गरेको छ। खासगरी दुवै देशले आफ्नो भनी दाबी गर्ने कश्मीर क्षेत्रको विवादलाई लिएर उनीहरूबीच दशकौँदेखि तिक्ततापूर्ण सम्बन्ध रहँदै आएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment