कोरोनाकाे संक्रमणबाट एक पाकिस्तानी मन्त्रीको मृत्यु

डिसी नेपाल
२१ जेठ २०७७ ६:३२

एजेन्सी । छिमेकी मुलुक पाकिस्ताका एक प्रदेशमन्त्रीको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।

पाकिस्तानको सिन्ध राज्यका मानव व्यवस्थापनसम्बन्धी मन्त्री गुलाम मुतुर्जा बलोचको कोरोना संक्रमणका कारण मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पाकिस्तानका अनुसार, अस्पतालमा उपचारका क्रममा मन्त्री बलोचको मृत्यु भएको हो ।

केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनी घरमै आइसोलेसनमा बसेका थिए ।

घरमा स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको मंगलबार मृत्यु भएको बीबीसीले जनाएको छ।

बलोच पाकिस्तान पिपुल्स पार्टी कराँचीका अध्यक्षको जिम्मेवारीमा समेत रहेका थिए ।

यस्तै पाकिस्तानमा हालसम्म ७६ हजार ३९८ जना कोरोना संक्रमित फेला परेका छन् । संक्रमित मध्ये १ हजार ६२१ जना संक्रमितको ज्यान गएको छ भने २७ हजार ११० जना निको भएर घर फर्किएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *