स्पेनसहित बढी कोरोना संक्रमित यी ८ देशमा मृत्युदर शून्य

डिसी नेपाल
२१ जेठ २०७७ ७:२६

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका बेला अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमित यी ८ देशमा भने पछिल्लेा २४ घण्टामा मृत्युदर शून्यमा झरेको छ ।

कुनैबेला कोरोना भाइरसको केन्द्रविन्दू बनेको स्पेनमा पछिल्ला तीन दिनदेखि मृत्युदर शून्य रहेको छ । तर मंगलबार २९४ जना संक्रमित भने थपिएका छन् । यो सँगै स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार १२ पुगेको वल्डोमिटरले जनाएको छ । हालसम्म स्पेनमा २७ हजार १२७ संक्रमितको ज्यान गएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा स्पेनसहित पेरु, चीन, सिंगापुर, स्विट्जरल्याण्ड, पानमा, बहराईन, मलेसियामा कसैले पनि कोरोनाका कारण ज्यान गुमाउनु परेन । यी देशमा कोरोना संक्रमणको संख्या पनि निकै घटेको छ ।

मंगलबार पेरु र पानमामा कुनैपनि संक्रमित फेला परेनन् भने बहराइनमा ४४०, मलेसिया २०, अष्ट्रेलिया १७, चीन ५, स्विट्जरल्याण्ड ३, मलेसिया २०, सिंगापुरमा ५४४ जना संक्रमित भएका छन् । यी अहिलेसम्म सबैभन्दा धेरै कोरोना संक्रमित भएका देश हुन्।

मंगलबार नेपालमा पनि एकैदिन २८८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  नेपालमा कोरोनको संक्रमणबाट ८ जनाको ज्यान गएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *