भारतमा एकैदिन साढे ९ हजार संक्रमित थपिए, १८ औँ नम्बरमा पाकिस्तान

डिसी नेपाल
२२ जेठ २०७७ १०:३७

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढेसँगै दक्षिण एशियाली मुलुकमा पनि कोरोनाको महामारी देखिन थालेको छ ।

छिमेकी मुलुक भारतमा बुधबार एकै दिन ९ हजार ६३३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने २५९ जनाको ज्यान गएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ८२४ पुगेको वल्डोमिटरले जनाएको छ । यस्तै भारतमा हालसम्म ६ हजार ८८ जनाको ज्यान गएको छ ।

यस्तै अर्को छिमेकी मुलुक पाकिस्तानमा पनि कोरोनाको संक्रण दिन प्रतिदिन बढ्दै गएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ४ हजार ६५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै पाकिस्तानमा कोरोना संक्रमितको संख्या ८० हजार ४६३ पुगेको छ ।

बुधबार एकै दिन पाकिस्तानमा ६७ संक्रमितको ज्यान गएको छ । यो सँगै पाकिस्तानमा ज्यान गुमाउनेको संख्या १ हजार ६८८ पुगेको वल्डोमिटरले जनाएको छ ।

दिनप्रतिदिन कोरोना संक्रमित थपिएसँगै पाकिस्तान विश्वकै सबैभन्दा बढी प्रभावित देशहरुको सूचिमा १८ औँ स्थानमा उक्लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *