कोरोनाको संक्रमणबाट विश्वमा ३ लाख ८८ हजार बढीको मृत्यु, संक्रमितको संख्या ६५ लाख नाघ्यो

डिसी नेपाल
२२ जेठ २०७७ ११:२०

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८८ हजार ४१ पुगेको छ भने, संक्रमितको संख्या ६५ लाख ७३ हजार ५६८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ।

नेपाली समयानुसार बिहीबार बिहानसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३१ लाख ७० हजार ५३२ जना निको भएका छन्। हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३० लाख १४ हजार ९९४ व्यक्ति उपचाररत रहेका छन् ।

संक्रमितहरुमा ५४ हजार २०० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख १ हजार ७८३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ९ हजार १४२ व्यक्तिको मृत्यु भएको छ।

दक्षिणमा अमेरिकामा ९ लाख ८६ हजार ९५३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४४ हजार ३१९ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २१ लाख ५१ हजार ९३८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख २९ हजार ९६३ जनाको मृत्यु भएको छ।

युरोपमा २० लाख २८ हजार २४१ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७६ हजार ४४६ को मृत्यु भएको छ। एसियामा १२ लाख ३१ हजार ८५२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३२ हजार ५४७ जनाको मृत्यु भएको छ।

अफ्रिकामा १ लाख ६४ हजार ९८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४ हजार ६२७ जनाको मृत्यु भएको छ।

ओसियाना ८ हजार ८५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, १२४ जनाको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *