कोरोनाभाइरसबाट बचेर यौन सम्बन्ध कसरी राख्ने ? वैज्ञानिकले दिए यस्तो सल्लाह

डिसी नेपाल
२२ जेठ २०७७ ११:५६

काठमाडौं। विश्वका अधिकांश देशहरुमा लकडाउन विस्तारै खुकुलो बनाइँदैछ । यद्यपि कोरोनाभाइरसको खतरा भने कायमै छ । यतोमा जोडीहरुलाई हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले केही सल्लाह दिएका छन् ताकि यौन सम्बन्धको क्रममा उनीहरु भाइरस संक्रमणबाट जोगिएर रहुन् ।

यद्यपि एक अध्ययनपछि यो पनि सल्लाह दिइएको थियो कि कोरोनाबाट बच्नको लागि जोडीहरु शारीरिक सम्बन्धबाटै बचुन् । किनकि यौन सम्बन्धबाट पनि केही हदम्म कोरोनाभाइरसको संक्रमण फैलिने खतराको खुलासा भएको थियो । अहिले हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले शारीरिक सम्बन्धबाटै बच्न भनेका छैनन् बरु उनीहरुले केही सावधानी अपनाउन भनेका छन् ।

इन्डिपेन्डेन्टको समाचार अनुसार हार्वर्डका अनुसन्धानकर्ताहरुले जोडीलाई यौन सम्बन्धको क्रममा किस नगर्न र शारीरिक सम्बन्धको क्रममा पूरै समय मास्क लगाउन सल्लाह दिएका छन् । यौन सम्बन्धपछि जोडीलाई नुहाउन पनि सल्लाह दिइएको छ । हार्वर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले घरबाहिर रहने व्यक्तिसँग शारीरिक सम्बन्ध उच्च जोखिमयुक्त वर्गमा पर्ने बताएका छन् ।

अनुसन्धानकर्ताहरुले आफ्नो अध्ययनमा मानिसहरुलाई यौनसँग पूर्ण रुपमा टाढा रहनु सम्भव नहुने स्वीकार गर्दै यही कारण यौन सम्बन्धको क्रममा केही सावधानी अपनाउन आग्रह गरेका छन् । अध्ययनका प्रमुख अनुसन्धानकर्ता ज्याक टर्बनले कन्ट्रासेप्टिभको साथमा मास्क पनि लगाउनु पर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *