शेन वार्नले २७ बर्षअघि फालेको ‘बल अफ द सेन्चुरी’

डिसी नेपाल
२२ जेठ २०७७ १३:०९

काठमाडौं । अष्ट्रेलियाका महान लेगस्पिनर शेन वार्नले २७ बर्ष अघि आजैका दिन (४ जुन) बलिङ गर्ने क्रममा अचम्म किसिमका बल फालेका थिए । जसकारण संसारनै आश्चर्यमा परेको थियो । वार्नले आफ्नो (१९९२–२२०७) १५ बर्षको क्रिकेट करियरमा बलिङ गर्दा उत्कृष्ट बलहरु फालेका छन । तर १९९३ को एशेज सिरिजको क्रममा उनले यस्तो जादुमय बल फाले जस कारण विश्वनै आश्चर्यमा पर्यो ।

शेन वार्नले सन १९९३ जुन ४ का दिन ईङल्यान्ड बिरुद्ध ओल्ड ट्रेफरर्ड (म्यान्चेस्टर) टेस्टमा ईङल्यान्डका ब्याटसम्यान माईक गोटिङलाई आउट गरेका थिए । गोटिङलाई आउट गर्ने क्रममा उनले फालेको बल करिब ९० डिग्रीको आकार बनाएर गएको थियो । जुन देखेर माईक गोटिङ मात्रै होईन खेलका अम्पायर खेलाडी लगायत खेलहेरेर बसिरहेका दर्शकहरु पनि आश्चर्यमा परेका थिए । ‘शताब्दिकै सर्वश्रेष्ठ’ नाम पाएको त्यो बलले वार्नरको जिवननै परिर्वतन गरेको थियो ।

वार्नरले फालेको त्यो बल स्टम्पको धेरै बाहिर पिच भएको थियो, हेर्दा लाग्थ्यो कि त्यो बल वाईड हुनेछ । त्यसकारण गोटिङले पनि त्यो बल चलाउन खोजेनन तर स्थिती सोचेको भन्दा उल्टो भयो । बल तिब्र गतिमा टर्नहुदै सिधै विकेट माथि बजारियो, त्यो दश्य देखेर सबै चकित भए ।

शेन वार्नले बर्षौं पछि आफ्नो ‘बल अफ द सेन्चुरी’ को रहस्य खोल्दै भने, “त्यो बल आश्चर्यचकित थियो र मैले कल्पना पनि गरेको थिईन र म यसलाई दोहोर्याउन पनि सक्दिन। एक लेग स्पिनर को रूपमा तपाईं सधैं एक राम्रो लेगब्रेक बल फाल्ने सोच बनाउनु हुन्छ। मैले त्यस्तै बलिङ गर्ने धेरै कोशिश गरें। तर बल ९० डिग्रीसम्म टर्नभयो जुन वास्तवमै अद्वितीय थियो।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *