ईङल्यान्ड भ्रमण गर्न वेस्टईन्डिजका तिन खेलाडीहरु द्धारा अस्विकार

डिसी नेपाल
२२ जेठ २०७७ १३:५२

काठमाडौं । वेस्टईन्डिज क्रिकेट टोली तिन टेस्ट सिरिजको लागि ईङल्यान्ड भ्रमण गर्देछ, कोरोनाको माहामारी बिच अन्तराष्ट्रिय भ्रमण गर्ने वेस्टईन्डिज पहिलो टोली हो । यसैबिच वेस्टईन्डिज क्रिकेट बोर्डले ईङल्यान्ड भ्रमणको लागि खेलाडीहरुको नामाबली घोषणा गरेको छ, तर वेस्टईन्डिजका तिन खेलाडीहरुले उक्त भ्रमणमा जान अस्विकार गरेका छन । रिपोर्टका अनुसार डेरेन ब्राभो, सिमरोन हेटमायर र किमो पोलले ईङल्यान्ड भ्रमणबाट नाम फिर्ता लिएका छन ।

यसअघि वेस्टईन्डिज क्रिकेट बोर्डले ईङल्यान्ड भ्रमणमा जान नचाहने खेलाडीहरुलाई बोर्डले कुनै किसिमको दबाब नदिने बताई सकेको छ । कोरोनाको कारण विश्वभर क्रिकेट गतिबिधिहरु ठप्प भएको बेलामा यो भ्रमणलाई क्रिकेट पुनर्स्थापना को दिशामा एक महत्वपूर्ण कदम मानिने विश्वास गरिएको छ ।

खेलको समयमा विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै सुरक्षा मापदण्डहरू पालन गर्दै खेलाडीहरू मैदानमा आउँनेछन । खेलको दौरान खेलाडीहरुले मुखमा मास्क लगाउनुको साथै समय समयमा हाथलाई सेनिटाईग गर्नुपर्नेछ ।

यस बाहेक आईसीसीले सुरक्षालाई ध्यानमा राख्दै क्रिकेट खेल बहाल गर्न केही निर्देशनहरू पनि दिएको छ। जस अन्तर्गत खेलहरू मुख्यतया खाली स्टेडियममा खेलिने छ । खेल समयमा दर्शकहरु स्टेडियममा आउँन रोक लगाईएको छ । खेलाडीहरूले बल चम्काउन लार प्रयोग गर्न पाउने छैनन । यससँगै खेलाडीहरूले विकेट लिदा वा अन्य समयहरुमा अंकमाल गरेर खुशियाली मनाउन र हाथ मिलाउन रोक लगाईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *