वडा अध्यक्षले राहत लिन गएकी महिलालाई गाली गरेपछि…
काठमाडौं। वडा अध्यक्षले महिलालाई गालि गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। चामुण्डा विन्द्रसैनी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष राहतका लागि आएका स्थानीय महिलालाई गाली गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो।
भिडियोमा भिनिए अनुसार ती महिलाले पनि वडा अध्यक्षलाई गालिगरेको पाइन्छ। महिलाले गाली गरेपछि वडाअध्यक्षले गालि गरे। तर, वडाअध्यक्ष जस्तो गरिमामय पदमा रहेका मान्छेले सामान्य जनतालाई तथानाम गालि गर्नु अश्भाविक भएको सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले बताएका छन्।
राहतको चामल नपाएपछि महिलाले ‘नेता भयाका यिनकी आमा लैजाने’ भनेको भिडियोमा सुन्न पाइन्छ। यसपछि वडाअध्यक्षले क्रमस महिलालाई गालि सुरु गरेका छन्।
‘तैले त गालि अरिनै’ शब्दबाट भिडियोको सुरुवात भएको छ। उनले अगाडी भनेका छन्, ‘अरुपनि यतिका मान्छे आया छन्। छोरा मन्या अरे, मेरो छोरो पाइदियाइ होइ तैंंले। छोरा मन्या अरे। आमा लैजान्या अरे, भित्र बसिरह्याका थियौं। नेता भएका आमा लैजाना अरे। तेराइ बाबु लैजायै, तेराई बाबु लैजायई, दुनियाँ कन चामल बाँड्या छु अझ मेरा छोरा मान्नया। यसले छोरो पाइदियाई हो। जा घन्याइ श्रीमती तैका मुखौंनी लात्तले हान ज्या पड्ला म बेहोरुला जा हान।’ उनले महिलालाइ गाली गर्दै भनेका छन्।
उनी नेपाली कांग्रेसबाट निर्वाचिन वडा अध्यक्ष हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment